भीमदत्त १८ को निःशुल्क शिविरमा साढे तीन सय जनाको आँखा परीक्षण, तीन सयलाई चश्मा वितरण, २८ जनाको शल्यक्रिया गरिने

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले शनिबार निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । शिविरबाट तीन सय ५० वासिन्दाले सेवा लिएका छन् ।

वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार आँखा परीक्षण तथा उपचार शिविर आयोजना गरिएको छ ।

janjyoti campus

वडा कार्यालयले गत वर्ष ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क शिविर सञ्चालन गरेको थियो । वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले यस वर्ष पनि शिविर सञ्चालनलाई निरन्तरता दिइएको बताए ।

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल आँखा अस्पताल महेन्द्रनगर र हेल्पिङ ह्ेन्डस सामुदायिक अस्पताल चाबहिल काठमाडौँले शिविरमा प्राविधिक सहयोग गरेका छन् ।

शिविरमा आँखा जाँच गरिएका तीन स्य ५० जनामध्ये २८ जनाको शल्यक्रिया गर्नु पर्ने र अन्यलाई चश्मा वितरण गरिएको वडा सचिव दिनेशराज भट्टले जानकारी दिएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...