ghar sansar

लागु औषध विरुद्ध घर परिवार सचेत र जागरुक हुन आवश्यक छ : वडा अध्यक्ष भट्ट

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ का वडा अध्यक्ष उत्तम प्रसाद भट्टले लागु औषध दुव्र्यसन रोकथामका लागि घर परिवार सचेत र जागरुक हुनु पर्ने बताएका छन् । उनले लागु औषध दुव्र्यसन रोकथाम गर्न नसकिए युवा पुस्ताको जीवन ध्वस्त हुने उल्लेख गरे ।

भीनपा २ को सहयोगमा एनएचआडीले आइतबार आयोजना गरेको लागु औषध नियन्त्रण सम्बन्धि टोल विकास संस्थाका पदाधिकारीहरुलाई जनचेतना मुलक अभिमुखीकरण कार्यक्रममा उनले लागु औषध रोकथामका टोल विकास संस्थाका सबै पदाधिकारी र सदस्यले सक्रियता देखाउनु पर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भट्टले वडा कार्यालयमा आगामी वर्ष पनि लाग औषध विरुद्ध समुदाय र अभिभावकहरुलाई जागरुक गर्ने जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

आयोजक एनएचआरडीका अध्ृयक्ष बेदप्रकाश चौधरीले लागु औषधको समस्या विकराल बन्दै गएकाले समुदाय स्तरमा सचेतीकरण अभियान सञ्चालन गर्न पर्ने आवश्यकता भएको उल्लेख गरे ।

कार्यक्रममा वडा नं. २ का सबै टोल विकास संस्थाका पदाधिकारी सहित जनप्रतिनिधि, सुरक्षा निकाय सहभागी भए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका वरिष्य प्रहरी नायब निरीक्षक चेतराज पन्तले कार्यक्रम सहजीकरण गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...