ghar sansar

पत्रकार महासंघले मनपरी सदस्य बनाएको भन्दै सुदूरपश्चिममा व्यापक असन्तुष्टि, तत्काल सच्याउन माग

janjyoti campus

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल सहित विभिन्न शाखाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघ सदस्यता नामावली सच्याउन माग गरेका छन् ।

प्रदेश अध्यक्ष रावल सहित कैलाली शाखा अध्यक्ष हिमालय जोशी, बझाङ शाखा अध्यक्ष शैलेन्द्र रोकाया, डोटी शाखा अध्यक्ष मोहन शाही, बाजुरा शाखा अध्यक्ष छक्क मल्ल, अछाम शाखा अध्यक्ष खम्म खत्री, बैतडी शाखा अध्यक्ष खगेन्द्र अवस्थी, कञ्चनपुर शाखा अध्यक्ष माधव धामी, दार्चुला शाखा अध्यक्ष कृष्ण धामी र डडेल्धुरा शाखा अध्यक्ष हिक्मतबहादुर सिंहले संयुक्त विज्ञप्ति जारी गरी नामावली सच्याउन माग गरेका हुन् ।

western public academy

महासंघ केन्द्रीय समितिले जेठ २६ गते हुने संघ, प्रदेश र जिल्ला शाखा निर्वाचनका लागि साधारण सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय समितिले सार्वजनिक नामावलीमा जिल्ला र प्रदेशले सिफारिश गरेका बाहेक अन्य सदस्य पनि थपिएर आएपछि असन्तुष्टि बढेको हो ।

dirhayu

जिल्ला र प्रदेशबाट नयाँ सदस्यताका लागि सिफारिस गरेकाहरुलाई भन्दा आफुअनुकुलका व्यक्तिलाई सदस्यता दिएर नामावली सार्वजनिक गरिएको भन्दै विरोध भएको छ ।

महासंघको सदस्यता शुद्धीकरणमा पूर्ण समर्थन जनाएको जिल्ला शाखा र प्रदेश समितिले सदस्यता नामावलीमा भने असन्तुष्टि जनाएको छ ।

प्रक्रिया र मापदण्डअनुसार पठाइएको सिफारिस विपरीत सार्वजनिक गरिएको नामावली तत्काल सच्याउन जिल्ला शाखा र प्रदेश समितिले माग समेत गरेका छन् ।

नामावली सच्याउने काम नभए कुनै पनि गतिविधि सञ्चालन गर्न नसकिने विज्ञप्तिमार्फत भनिएको छ। यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवारी पत्रकार महासंघ केन्द्रिय समितिले नै लिनु पर्ने चेतावनी समेत जिल्ला शाखा र प्रदेश समितिले दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...