ghar sansar

ओपेराको स्विमिङ्ग पुलको ताला चाबी बुझेको दोस्रो दिनमै पर्खाल भत्काएर भीमदत्तले बनायो बाटो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले होटेल ओपेराको स्विमिङ्ग पुलको ताला चाबी हातमा लिएपछि मंगलबार डोजर पर्खालमा डोजर लगाएर बाटो बनाएको छ । नगरपालिकाले स्विमिङ्ग पुुल सहितको क्षेत्रमा प्रवेशका लागि बाटो बनाएको हो । मंगलबार विहान नगरपालिकाको डोजरले स्विमिङ्ग पुल दक्षिणमा निर्मित पर्खाल भत्काएर बाटो बनाएको छ ।

होटेल ओपेराले तत्कालिन महेन्द्रनगर नगर विकास समितिबाट ३ कट्टा जग्गा लिजमा लिएर स्विमिङ्ग पुल र पार्किङ्गका लागि प्रयोग गर्र्र्दै आएको हो । पार्किङ्ग स्थलमा प्रवेशका लागि पर्खाल भत्काएर बाटो बनाइएको छ ।

western public academy

ओपेराले सोमबार होटेलमा पत्रकार सम्मेलन गरी भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थीलाई स्विमिङ्ग पुलको ताला चाबी बुझाएका थिए । होटल सञ्चालक खगेश्वर बोहराले नगर विकास समितिले पछि गर्ने निर्णय मान्य हुने गरी ताला चाबी बुझाएको पत्रकार सम्मेलनमा बताएका थिए ।

dirhayu

होटल ओपेरालाई चार तारे बनाउन स्विमिङ्ग पुलका २०७० मा १५ वर्षका लागि जग्गा लिजमा लिएको थियो ।

तत्कालिन महेन्द्रनगर नगर विकास समितिको लिज र जग्गा कारोबार सम्बन्धि मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर जग्गा हिनामिना मुद्दामा विशेष अदालतले अवैध रुपमा लिज र जग्गा कारोबार गरिएको भन्दै फैसला गरी जग्गा जफत गर्न आदेश दिएको थियो ।

विशेष अदालतको आदेशपछि भीमदत्त नगर विकास समितिको बैठकले अवैध लिज र जग्गाधनी पूर्जा बनाएका संरचनाको तालाचाबी बुझाउन वा संरचना आफैंले हटाएर लैजानु पर्ने निर्णय गरेको थियो । त्यसका आधारमा ओपेरा सहितका संरचनाले सोमबार नगर विकास समितिमा तालाचाबी बुझाएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले ताला चाबी बुझाएका संरचना सम्बन्धि सुदूरपश्चिम प्रदेशका सभा सदस्यहरुसित छलफल गरी निर्णय लिइने जानकारी दिए ।

भीमदत्त यस अघि जेठ ५ गतेदेखि ओपेरा पछाडि र पूरानो वसपार्क क्षेत्रमा निर्माण भएका सहित अर्ध निर्मित संरचना डोजर लगाएर भत्काएको छ ।

Himal dental
सम्बन्धित
Loading...