
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको सचिवालयले होटेल ओपेराको स्विमिङ्ग पुलमा डोजर चलेको हल्ला फैलाएको छ ।
भीमदत्त नगरपालिकाले स्विमिङ्ग पुलको ताला चाबी हातमा लिएपछि मंगलबार स्विमिङ्ग पुल र पार्किङ्ग स्थलको पर्खाल भत्काएर बाटो बनाएको हो । त्यहीं पर्खाल भत्काएर बाटो बनाएको विषयलाई मेयर बोगटीको सचिवालयले स्विमिङ्ग पुलमा डोजर चलेको भन्दै प्रचार गरेको हो ।

मेयर बोगटीको सचिवालयलल लेखेको छ, ‘स्विमिङ्ग पुलमा समेत डोजर चल्यो । उक्त स्विमिङ्ग पुल पूर्ण रुपमा नगर विकास समितीले आफ्नो स्वामित्वमा लिएको छ । अब त्यो स्विमिङ्ग पुल ओपेराको होइन नगर विकास समितिको सम्पती हो । ओपेरा होटेल तर्फका सबै प्रबेशद्वार बन्द गरिएको छ । अब सर्वदलिय बैठक बाट उक्त संरचना आवश्यक भएमा नगर बिकास समितिले आफै सन्चालन गर्ने वा ठेक्कामा लगाउने वा आवश्यक नरहे भत्काउने निर्णय अनुसार गर्ने तयारी छ । अवैध तरिका बाट दिइएका वा अतिक्रमण गरिएका जग्गा सबै नगर बिकास समितिको स्वामित्वमा ल्याउने तथा भत्काउने कार्य भइरहेको छ । सबैले सहयोग गरौ ।’
