ghar sansar

गणतन्त्रको आभास

dirghayu ad

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आप्mनै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन र ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो । दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किदै गयो ।

२०६२÷०६३ को जनआन्दोलनको सुत्रपात पनि २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्र दिनको कदम मानिन्छ । २०६२्् ÷६३ को जनआन्दोलन पछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको यस दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइदै आएको छ । २४० वर्षे शाही राजतन्त्रको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । राजा हटाएर राजाको ठाउमा जनताको छोरा राष्ट्रपति हुने भए पछि जनताले धेरै ठूलो अपेक्षा गेका थिए । गणतन्त्र नेपाल भए पछि संविधानसभाबाट नेलको संविधान पनि निर्माण भयो । संविधानमा हरेक जनतले समान अधिकार पाउने व्यवस्था भए पछि जनतामा एक प्रकारको हौसला देखिएको थियो । तर गणतन्त्र नेपालसंगै भएको संघीयताले अहिले मुलुकले आर्थिक भार धान्न सक्ने अवस्था छैन ।

ratnam malkhad

जतनाले गरेको अपेक्षा पुरा गर्नु पर्नेमा सरकारहरुकै आवश्यकता पुरा गर्नमै मुलुकको बजेट समाप्त हुने गरेको छ । राजतन्त्रमा एक राजा र केही राजपरिवारका सदस्यहरुले राज्यबाट सेवा सुविधा पाउने गरेका थिए । तर गणतन्त्रमा हरेका दलका हरेक नेताले औषधी उवचार देखि लएर दशै तिहारको खर्चसमेत राज्उकोषबाट व्उहोनु परेको छ । सातवटा प्रदेशमा सात र केन्द्रमा एक गरेर आठा राजालाई मुलुकले सेवा सुविधा प्रदान गरि राखेको छ । राजासंगै केन्द्रमा रहेका केही नेतका र उनका आसेपासेले राज्यकोषबाट खर्च गर्ने गरेका थिए । तर अहिले सातवटै प्रदेशमा राज्यको सम्पत्तिमा लुटतन्त्र मच्चाइ राखेको छ ।

जनताले बलीदानी गरेर ल्याएको गाणतन्त्र दलका नेता र नेताका आसे पासेलाई पोस्नको लागि हो जस्तो भएको छ । निमुखा जनता न्याय माग्न सडकमा आन्दोन गरि राखेका छन् । राजगारी नपाएर युवाहरु सबै विदेशतिर पलायन भएका छन् । जनता गास,वास र कपासको समस्याबाट माथि उठन सकि राखेका छैनन् । प्रतेक वर्ष हरेक नेपालिको थाप्लोमा ऋण मात्र थुपार्ने काम भएको छ । यही दिन र यही दसा भोग्नको लागि जनताले बलिदान दिएका हुन ? विगत वर्ष जस्तै यो वर्ष पनि तामझामकासाथ गणतन्त्र दिवस मनाइएको छ । तर जनताको छोरा छोरी राजाको ठाउमा पुगे पनि जनतासम्म गणतन्त्रको आभास अहिलेसम्म पुगेको छैन ।

Himal dental
सम्बन्धित
Loading...