आलोचनामा फस्ने भीमदत्तका मेयर बोगटीको यो अर्को कार्य

महेन्द्रनगर । होटेल ओपेरा गएर विवादित स्विमिङ्ग पुलको ताला चाबी बुझेपछि आलोचित भीमदत्तका मेयर पदम बोगटीले फेरि आलोचना खेप्ने अर्को कार्य गरेका छन् ।

मेयर बोगटीले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरी सरकारी रकममा संरचना बनाउने भीमदत्तका कार्यपालिका सदस्य हरिहर परियारलाई सहभागी गराएर बुधबार पत्रकार सम्मेलन गरेका छन् ।

janjyoti campus

होटेल ओपेरामा नगर प्रवक्ता पदमराज अवस्थीलाई पठाएर स्विमिङ्ग पुलको ताला चाबी बुझेपछि सामाजिक सञ्चाजमा बोगटीको आलोचना भएको थियो । भीमदत्तको कार्यपालिका अधिकाँश सदस्यले ताला चाबी बुझ्ने कार्यक्रममा सहभागी नभएर असन्तुष्टि पोेखेका थिए ।

पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य परियारले नगर विकास समितिका जग्गा कब्जा गरी बनाएको सुदूरपश्चिम दलित छात्राबास सम्बन्धि पत्रकारहरुले मेयर बोगटीसित प्रश्न गरेका छन् ।

मेयर बोगटीले जग्गा कब्जा गरी निर्माणाधिन छात्राबास सम्बन्धि सोधिएका प्रश्नको छोटकरी जवाफ दिएका छन् । उनले आफ्ना कार्यपालिका सदस्यको अवैध संरचनामा भावानात्मक जवाफ दिएर छात्राबास निर्माणको बचाउ गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम दलित छात्राबासले नगर विकास समितिलाई पठाएको पत्र पढेर सुनाए । छात्राबासका अध्यक्ष हरिहर परियारले पठाएको पत्रमा निर्माणाधिन छात्राबास भवन नगर विकास समितिलाई स्वामित्व दिने र त्यसपछि आफैं सञ्चालनका लागि पहल गर्ने निर्णय गरिएको उल्लेख गरे ।

मेयर बोगटीले पत्रकार सम्मेलनमा कार्यपालिका सदस्यले अवैध छात्राबास बनाएको विषयमा प्रवेश नगरी उनले समाजमा अझै जातीय विभेद र छुवाछुत कायम भएको तथा दलित समुदायका विद्यार्थीलाई अझै पनि डेरा पाउन सक्ने अवस्था नभएको उल्लेख गर्दै विषयान्तर गरे ।

उनले सुदूरपश्चिम विश्वविद्यालयमा कानुन संकायमा अध्ययनरत दलित समुदायकी छात्राले आफूसित जातीय विभेदका कारण डेरा पाउन नसेको दुखेसो पोखेको मेयर बोगटीले बताए ।

उनले जेठ १८ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य सहितको छलफलमा निर्माणाधिन दलित छात्राबासको विषयमा छात्राबास गराउने मेयर बोगटीले बताए ।

सरकारी बजेटमा १० वर्षदेखि बन्दै आएको निर्माणाधिन छात्राबासमा यस वर्ष भीमदत्त नगरपालिकाले २५ लाखको योजना सम्झौता गरी छत ढलान लगायतका निर्माण कार्य गरेको छ । योजना सम्झौता भुक्तानी पनि आर्थिक ऐन कानुन अनुसार हुने मेयर बोगटीले बताए ।

कानुन मिचेर आर्थिक भुक्तानी भए रातो घरले हेर्ने पनि मेयर बोगटीले बताए । ‘त्यो आर्थिक ऐन अनुसार हुन्छ, नत्र यहाँ रातो घर छँदैछ’ उनले भने ।

छात्राबासका अध्यक्ष परियार मेयर बोगटीको पार्टी काँग्रेसका नेता हुन् । काँग्रेस सभापति बोगटीले परियारलाई अल्प संख्यक दलित कोटाबाट कार्यपालिका सदस्य हुन् ।

वन कार्यालय नजिक तत्कालिन नगर विकास समितिको जग्गा कब्जा गरी २०७० देखि छात्राबास बनाउन लागिएको हो । छात्राबास बनाउन हालसम्म राष्ट्रपति राम चन्द्र पौडेल, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिह थापा, एमाले कञ्चनपुरका उप सचिव अशोक कुमार चन्द लगायतले अवैध संरचनामा लगानी गरेका छन् ।

उनीहरुमध्ये राष्ट्रपति पौडेल, काँग्रेसका संसदीय दलका सचेतक लेखक र एमाले उप सचिव चन्दले सबैभन्दा बढी लगानी गरेका छन् । छात्राबासका अनुसार पौडेलको २३ लाख, लेखकको १० लाख र चन्दले ६ लाख लगानी गरेका छन् ।

राष्ट्रपति पौडेल शान्ति तथा पुनः निर्माण मन्त्री हुँदा छात्राबासका लागि २३ लाख बजेट दिइएको थियो । त्यसैगरी लेखकले २०७० मा संविधान सभा सदस्य भएपछि र चन्दले बेदकोटको मेयर हुँदा लगानी गरेका छन् ।

भीमदत्त नगरपालिकाले केही महिना अघि छात्राबासका कागजात मागेको थियो । नगर विकास समितिको जग्गा कब्जा गरी छात्राबास बनाएको भन्दै समाचार आएपछि भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले कागजातका लागि पत्राचार गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत बमले कागजात नभए भुक्तानी नदिने बताएका थिए ।

ghar sansar
सम्बन्धित
Loading...