
महेन्द्रनगर । बिहीबार दिउँसो धनगढीले अधिकतम तापक्रम ४४.१ डिग्रीको ’रेकर्ड ब्रेक’ गरेकै समयमा त्यसलाई उछिनेर आजै नेपालगञ्जले तापक्रममा रेकर्ड ब्रेक गरेको छ ।
बिहीवार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार उक्त रेकर्ड यो वर्षकै सबैभन्दा बढी हो ।

धनगढीमा ४४.१ डिग्री, भैरहवामा ४३.६ डिग्री, विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४०.२ डिग्री तापक्रम मापन भएको छ। आज पोखरामा ३४ र काठमाडौँमा ३४.४ डिग्री तापक्रम मापन भएको छ ।
