ghar sansar

भीमदत्तका उप मेयरलाई ज्ञापन बुझाउँदै गौरादेबी टोलका सुकुम्बासीले भने– जबरजस्ती खाली गरिए जाने ठाउँ कहीं छैन, भाँडाकुँडा लिएर यहीं आउँछौ

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले महाकाली सिँचाई व्यवस्थापन कार्यालयले कटानस्थित आफ्नो जग्गामा बस्दै आएका सुकुम्बासी परिवारलाई व्यवस्थापनमा सहयोग गरिने बताएकी छन् ।

महाकाली सिँचाई व्यवस्थापनले सुकुम्बवासी परिवारलाई घर टहरा हटाउन सूचना टाँस गरेपछि आइतबार राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाईमा उप मेयर जोशीलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले स्थानीय सरकारको हैसियतमा सुकुम्बासी परिवारको व्यवस्थापनका लागि सहयोग गर्ने बताएकी हुन् ।

ratnam malkhad

उप मेयरको कार्यकक्षमा गौरादेबी टोल सुकुम्बासी परिवारले अत्यधिक गर्मीका बेला वस्तीमा आएर खाली गराउने सूचना लगाएकोमा उप मेयर जोशीसित पीडितको छानबिन गरी विकल्प दिएर जमिन खाली गराउनु पर्ने बताए ।

कटानस्थित गौरा देबी मन्दिर नजिक सिँचाई जग्गामा २०६६ देखि ९९ परिवार घर टहरा बनाएर बस्दै आएका छन् । उनीहरुले आफूहरुको व्यवस्थापन नभएसम्म वस्ती खाली गरी जान सक्ने अवसथामा नभएको उप मेयर जोशीलाई जानकारी दिए । जबरजस्ती गरी हटाइएमा सबै परिवार सरसमान बोकेर नगरपालिका कार्यालय आउने उनीहरुले जानकारी दिए ।

सुकुम्बासी परिवारले राष्ट्रिय भूमि आयोगले आफूहरुलाई निस्सा दिइ सकेकाले छानबिन गरेर मात्रै बस्ती खाली गराउनु पर्ने उनीहरुको माग थियो ।

भीमदत्त नगरपालिकामा यस अघि उनीहरुले तीन पुस्ते विवरण बुझाई सकेका छन् । आफूहरुले बुझाएको तीन पुस्ते विवरणमाथि छानबिन गरी व्यवस्थापन गर्न पर्ने उनीहरुले बताए ।

आफूहरु बसेको जमिन सिँचाईको भएको र आफूहरुको लडाई सिँचाईसित नभएर राज्यसित भएको उल्लेख गर्दै उनीहरुले संविधानमा उल्लेख भए अनुसार भूमिहिनी परिवारको व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले अभिभावकको भूमिका खेल्नु पर्ने बताए ।

राष्ट्रिय भूमि अधिकार मञ्चका राम बहादुर चुनाराले वास्तविक छानबिन गरी व्यवस्थापन गरिनु पर्ने र भूमि आयोगले निस्सा दिइ सकेपछि व्यवस्थापन नभएसम्मका लागि हटाउनु नहुने बताए ।

‘यो बर्खामा समय छ, हावा हुरीको समय छ, यति गर्मी छ, यस्तो जबरजस्ती हटाईउ दिए कहाँ जान्छन्, जाने ठाउँ कही छैन, सबै जना नगरपालिका नै आउँछन्’ उनले भने ।

सिँचाई कार्यालय जाँदा प्रशासन कार्यालय र प्रशासन कार्यालय गएपछि स्थानीय सरकारको जिम्मा भएको भन्दै नगरपालिका कार्यालय पठाइएको उनले बताए ।

उप मेयर जोशीले जिल्ला बाहिर भएका मेयर पदम बोगटी फर्केपछि छानबिन गरी व्यवस्थापनका लागि पहल गरिने बताइन् । उप मेयरको कार्यकक्षमा नगर प्रवक्ता पदमराज अवस्थी, वडा सदस्य मिना कुँबर सहितको उपस्थितिमा उनीहरुले ज्ञापन बुझाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...