ghar sansar

भीमदत्तका लेखा अधिकृत उपाध्ययको खोसियो जिम्मेवारी, लेखा शाखामै सहायक भएर कामकाज गर्ने जिम्मा दिइयो

dirghayu ad

महेन्द्रनगर । विशेष अदालतबाट सफाई पाएका भीमदत्त नगरपालिकाका लेखा अधिकृत गोविन्द उपाध्ययको जिम्मेवारी खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको रोयल्टी हिनामिनामा मुद्दा दायर गरेपछि निलम्बनमा परेका लेखा अधिकृत उपाध्यक्ष गत महिना विशेष अदालतबाट सफाई पाएपछि नगरपालिका हाजिर भएका हुन् ।

लेखा अधिकृत उपाध्यक्षलाई हाजिर भएको लामो दिनसम्म जिम्मेवारी दिने आश्वासन दिएर सोमबार उनलाई लेखा शाखामा सहायकका रुपमा राख्ने जिम्मेवारी दिने निर्णय गरिएको हो । त्यस अनुसार भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले सोमबार लेखा शाखाको प्रमुख बिक्रम भण्डारी र सहायकमा उपाध्ययलाई जिम्मेवारी दिएको पत्र पठाएका छन् । लेखा अधिकृत उपाध्ययले पत्र नबुझे पनि अर्का लेखा अधिकृत भण्डारीले मंगलबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

ratnam malkhad

गत वर्ष लेखा अधिकृत उपाध्यय निलम्बनमा परेपछि भण्डारीलाई लेखा अधिकृतको जिम्मेवारी दिइएको थियो । त्यसपछि भण्डारी विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएपछि लेखा शाखा लामो समय लेखा अधिकृत विहीन बनेको थियो । भण्डारी त्यस अघि भीमदत्तको आन्तरिक राजश्व प्रशासन शाखा प्रमुख थिए ।

उपाध्यक्ष र भण्डारी दुबैले विशेष अदालतबाट एकै दिन सफाई पाएका हुन् । २०७४ को स्थानीतय तह निर्वाचनसम्म नगरपालिकाका लेखा अधिकृत भण्डारीलाई त्यसपछि राजश्व शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो ।

भीमदत्त नगरपालिकाले लोक सेवा आयोगसित माग गरेपछि उपाध्यय लेखा अधिकृत भएर आएका हुन् । भीमदत्तमा लेखा अधिकृत, लेखापाल र सह लेखापाल गरी तीन जनाको दरबन्दी छ । एक जना लेखा अधिकृतको दरबन्दीमा सोमबारदेखि दुई जना लेखा अधिकृतले जिम्मेवारी पाएका छन् ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमले महालेखा नियन्त्रक कार्यालयको परित्रपका आधारमा ज्येष्ठता हेरेर भण्डारीलाई लेखा शाखाको जिम्मेवारी दिइएको बताए ।

‘यो महालेखा नियन्त्रकको परिपत्र अनुसार भएको हो, ज्येष्ठताका आधारमा वहाँ(भण्डारी) लाई लेखा शाखाको प्रमुखको जिम्मेवारी दिइएको छ’ प्रमुख प्रशासकीय अधिकृत बमले भने,‘भण्डारी सातौ तहको भएकाले कार्यालयले वहाँलाई जिम्मेवार  दिएको हो ।’

प्रमुख प्रशासकीय अधिकृत बमले लेखा अधिकृत उपाध्ययले जिम्मेवारीको पत्र बुझेको बताए ।

भीमदत्तका मेयर पदम बोगटीको सचिवालयका प्रमुख चक्र महताले सिनियर जुनियरको आधारमा लेखा अधिकृतको जिम्मेवारी दिइएको बताए । उनले लेखा शाखामा एक जनाको दरबन्दी भएको थाह पाएर पनि दुई जनालाई जिम्मेवारी दिइएको बताए ।

‘लेखा शाखामा एक जनाको दरबन्दी छ, त्यहाँ काम गर्ने जनशक्ति बढी चाहिएको छ, त्यहाँ अझै जनशक्ति चाहिने हो’ उनले भने ।

लेखा शाखामा दुई लेखा अधिकृत, दुई लेखापाल र एक सहयोगी गरी पाँच जना पुगेका छन् । उनीहरुमध्ये एक जना लेखापाल लेखा पाल दिपेन्द्र चौधरी निलम्बनमा परेपछि बैतडीबाट काजमा आएका हुन् । विशष अदालतको सफाईपछि चौधरी पनि कार्यालयमा हाजिर भई सकेका छन् ।

भीमदत्त नगरपालिकाका नगुर प्रवक्ता पदमराज अवस्थीले यस अघि विशेष अदालतबाट सफाई पाएका सबै कर्मचारीलाई आ–आफ्नो जिम्मेवारी दिने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...