ghar sansar

काठमाडौंबाट विशेषज्ञ डाक्टर ल्याएर वडा अध्यक्ष बुडाले गाउँमै चलाए  स्वास्थ्य शिविर

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ का वडा अध्यक्ष पदम बुढाले विशेषज्ञ चिकित्सकबाट वडाको वासिन्दाको स्वास्थ्य जाँच गराएका छन् ।

वडा कार्यालयमा स्वास्थ्य शिविर शिविर आयोजना गरी स्वास्थ्य जाँच र औषधि वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको नीति, कार्यक्रम अनुसार काठमाडौंबाट विशेषज्ञ चिकित्सक ल्याएर पहिलो पटक वडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

,orning glory badhai

काठमाडौंमा वरिष्ठ हाड जोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ डा. अमृत घिमिरे नेतृत्वमा चिकित्सको टोलीले शिविर स्वास्थ्य जाँच गरेको छ । डा. घिमिरेसंगै महाकाली प्रादेशिक अस्पतालमा जनरल फिजिसियन डा. स्मृति भट्टले पनि स्वास्थ्य जाँच गरिन् ।

वडा अध्यक्ष बुडाले सोमरबा विहानदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको शिविरमा २ सय १० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको जानकारी दिए ।

‘वडाका वासिन्दालाई घर दैलोमा विशेषज्ञ स्वास्थ्य सेवा पुगाउन शिविर आयोजना गरिएको हो’ उनले भने,‘सम्भवतः पहिलो पटक काठमाडौंमा विशेषज्ञ डाक्टर ल्याएर शिविर लगाएका छौ, यसले वडा वासिन्दालाई फाइदा पुगेको आभास गरेका छौ ।’

शिविरमा १७ नम्बर वडा बाहिरका वासिन्दाले पनि सेवा लिएको वडा अध्यक्ष बुडाले बताए ।

dirghayi clinic

सोमबार विहान वडा अध्यक्ष बुडा सहित वडा सदस्यहरु कृष्णदत्त भट्ट, भोजराज जोशी, मालती कोली, मन्जु शाही चन्द, भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्ररा जोशी लगायतको उपस्थितिमा शिविरमा स्वास्थ्य जाँच सुरु गरिएको थियो ।

स्वास्थ्य शिविरलाई महेन्द्रनगरस्थित दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टरले प्राविधिक सहयोग गरेको छ । मेडिकेयरका सञ्चालक हिक्मत बुडा आफैंले शिविरमा स्वास्थ्य जाँचको क्रममा सहयोग गरे । उनी भीनपा १७ का वासिन्दा हुन् ।

वडा कार्यालयलाई भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाको कर्मचारीले पनि सहयोग गरे । भीमदत्तको स्वास्थ्य शाखाका करन सिह ठगुन्ना, भीनपा ११ को सहरी स्वास्थ्य केन्द्रका नर बहादुर टमटा लगायत स्वास्थ्यकर्मीले शिविरमा सहयोग गरेका छन् ।

शिविरका लागि विभिन्न औषधि कम्पनीले औषधि सहयोग गरेका छन् । वडा अध्यक्ष बुडाले आगामी दिनमा शिविरलाई निरन्तरता दिइने बताए ।

२०७९ को स्थानीय तह निर्वाचनबाट उनी वडा अध्यक्ष निर्वाचित भएका हुन् । चुनावमा वडा अध्यक्ष बुडाले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका एजेण्डा बनाएर मतदातासित मत मागेका थिए ।

भीमदत्त नगरपालिकाले वडा कार्यालयलाई दिएको सवारी साधन फिर्ता गरी उनी यस अघि चर्चामा आइ सकेका छन् । अध्यक्ष भएपछि उनले शव वाहन र एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...