भीमदत्तका मेयर उप मेयर नगरपालिकामा नभएपछि हाकिमलाई बुझाए वादी समुदायले ज्ञापन

भने– हामीलाई विकल्प दिनोस, नत्र हामी नगरपालिका कार्यालय आएर नै बस्छौ

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा मेयर र उप मेयर दुबै नभएपछि वादी समुदायले प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई माग पत्र बुझाएका छन् ।

भीमदत्त नगरपालिकाले सब्जीमण्डी पछाडिको क्षेत्रमा वर्षौदेखि बस्दै आएका वादी समुदायलाई वस्ती खाली गर्न सूचना गरेपछि उनीहरु बुधबार मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीलाई आफ्ना समस्या सुनाएर माग पत्र बुझाउन नगरपालिका कार्यालय गएका हुन् ।

janjyoti campus

वादी समुदाय अधिकार संघर्ष समितिको अगुवाई वस्तीका बालबालिका, महिला र ज्येष्ठ नागरिक ुसहित नगरपालिका कार्यालय पुगेका छन् । नगरपालिकामा मेयर र उप मेयर नभएपछि नगर प्रवक्ता प्रवक्ता पदमराज अवस्थीलाई माग पत्र बुझाउन खाजे । नगर प्रवक्ता अवस्थी पनि नभएपछि प्रमुख प्रशासकीय अधिकृत बमलाई माग पत्र बुझाएर उनीहरु फर्किएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बमलाई बुझाएको ज्ञापन पत्रमा उनीहरुले विकल्प नदिई बस्ती खाली गर्न नसकिने र जबरजस्ती खाली गरिए आफूहरु नगरपालिका कार्यालय आएर बस्ने चेतावनी दिएका छन् ।

भीमदत्तका मेयर पदम बोगटीलाई सम्बोधन गरिएको मागपत्रमा स्थानीय सरकारले वादी समुदायको आर्थिक, सामाजिक, राजनीतिक सबै अवस्था हेरेर विकल्प दिएर मात्रै बस्ती खाली गर्न पर्ने उल्लेख गरिएको छ ।

वादी समुदाय अधिकार संघर्ष समितिका अध्यक्ष सिबीराज रानाले नगरपालिकाले जबरजस्ती वस्ती खाली गरिए आफूहरुसित नगरपालिका कार्यालय आएर बस्ने बाहेकको अन्य विकल्प नभएको बताए ।

‘हाम्रो नाममा देशभर एक टुक्रो पनि जमिन छैन, नगरपालिका बस्ती खाली गर्नु भन्दैछ, हामीसित कहाँ जाने भन्ने कुनै उपाय छैन, त्यस कारण नगरपालिकाले हामीलाई विकल्प देखोस भन्ने माग हाम्रो हो’ उनले भने,‘विकल्प विना हटाइन्छन् भने हामी नगरपालिका आएर बस्छौ, त्यो बाहेक अरु बाटा हामी सित छैन ।’

समितिका अध्यक्ष राना सहित अगुवाले मंगलबार नगर प्रवक्ता अवस्थीलाई कार्यकक्षमा भेटेर विकल्प दिन आग्रह गरेका थिए । उनीहरुले जातीय विभेद र छुवाछुतको कारण डेरा पाउन नसकिएको तथा आफूहरुको नाममा एक टुक्रो जमिन नभएकाले वस्ती छाडन नसकिने बताएका थिए ।

मेयर उप मेयर सहितलाई कार्यकक्षमा आफूहरुको समस्या जानकारी गराउने योजनाका साथ उनीहरु नगरपालिका पुगेका थिए । मेयर र उप मेयर दुबै बाहिर नभएपछि उनीहरुले प्रमुख प्रशासकीय अधिकृत बमलाई कार्यकक्षमा मागपत्र बुझाउने खोजेका थिए । त्यसका लागि समितिका अध्यक्ष राना सहित अगुवा भित्र प्रवेश गरे पनि प्रमुख प्रशासकीय अधिकृत बमले कार्यकक्ष बाहिर ढोकामा आएर उनीहरुको माग पत्र बुझे ।

प्रमुख प्रशासकीय अधिकृत बमले माग पत्र नगर प्रमुख बोगटीसम्म पुगाइने प्रतिवद्धता जनाए । उनले नगरपालिकाले सरकारी जमिनको अतिक्रमण खाली गरिनु पर्ने बताए ।

भीमदत्तका मेयर बोगटी उप मेयर निलम लेखक जोशीलाई कार्य वाहक दिएर केही दिन अघि काठमाडौं गएका हुन् । कार्य वाहक मेयर उप मेयर जोशी बुधबार अरुलाई कार्य वाहक नदिई नगरपालिका अनुपस्थित भएकी छन् । नगरपालिका कार्यालयका अनुसार उनी टिकापुर गएकी छन् ।

आफ्नो कार्यकक्षमा सधंंै उपस्थित हुने नगर प्रवक्ता अवस्थी पनि बुधबार कार्यालय बाहिर भएका छन् । उनी नगर प्रवक्ता भएपछि आफ्नो कार्यकक्षमा प्रायः भेटिने गरेका छन् । नगर प्रवक्ता अवस्थीसित अधिकाँश सेवाग्राहीले आफ्ना समस्या सुनाउने तथा भेटघाट गर्ने गरेका छन् ।

मेयर बोगटीलाई थोरैले मात्रै समस्या सुनाउने गरेका छन् । उप मेयर निलम लेखक जोशीले मेयरको तर्फबाट समस्या सुन्दै आएकी छन् । उप मेयर जोशीको निर्देशनमा नगरपालिकाका अधिकाँश कामकाज हुँदै आएका छन् ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बमलाई माग पत्र बुझाएपछि वादी समुदायले जिल्ला प्रशासन कार्यालय पुगेर प्रशासनलाई पनि बुझाएको छ ।

राष्ट्रिय मानव अधिकारको आयोगको केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीलाई मागपत्रको बोधार्थ दिइएको छ ।

होटेल ओपेरा नजिक नगर विकास समितिको जमिनमा ३० वर्षदेखि वादी परिवार टहरा बनाएर बस्दै आएका छन् ।

 

ghar sansar
सम्बन्धित
Loading...