ghar sansar

होटेलबाट समातिए कञ्चनपुर कारागारका दुई कैदी

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर कारागारका दुई जना कैदी बन्दी भाँसीस्थित एक होटेलबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले होटेलबाट पक्राउ गरिएको पुष्टि गरे । प्रहरी नायब उपरीक्षक जोशीका अनुसार कारागारका कैदी भुवन थापा सहित दुई जनालाई पक्राउ गरिएको छ ।

ratnam malkhad

थापा कारागारका नाइके भएको बताइएको छ । होटलमा उनीहरु मदिरा सेवन गरि रहेको अवस्थामा पक्राउ परेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता जोशीले पक्राउपछि दुबै जनामाथि अनुसन्धान भई रहेको बताए । ‘कारागारबाट के कसरी त्यहाँ पुगे भन्ने विषयमा छानबिन गरि रहेका छौ’ उनले भने ।

प्रहरीले होटेलबाट उनीहरुलाई पक्राउ गरेपछि कारागारका सुरक्षा इन्चार्ज सहित हेरेफर गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...