ghar sansar

मल खै त सरकार

dirghayu ad

हरेक वर्ष खेती गर्ने समयमा बिउ तथा मलखाद अभाव हुने कृषकहरुको नियती जस्तो बनेको छ । नेपाल कृषि प्रधान देश हो । यहा ६६ प्रतिशत मानिसहरु कृर्षि पेशामा आश्रित छन् । कृर्षि पेशाका लागि मल, बिउ, सिंचाइ आवश्यक पर्ने हुन्छ । तर हाम्रो देशमा बाली लगाउने समयमा मलको अभाव सधै नै भइराखेको हुन्छ । अहिले वर्षे बाली लगाउने समय हो । वर्षे बाली लगाउने समयमा खेतबारीमा हाल्ने रासायनिक मलको समस्या भइराखेको छ र यो वर्षेनी हुने समस्या पनि हो । धान खेती गर्न थालेका किसानहरु यस वर्ष पनि मलखाद नपाएर हैरानी व्यहोर्न पर्ने अवस्थामा पुगेका छन् ।

धान खेतीका लागि चाहिने जडखाद(डिएपी)का लागि अहिले किसानहरु दैनिक रुपमा कृषि सामाग्री केन्द्र लि. र साल्ट ट्रेडिङ कर्पोरेशनमा धाएर फर्किन थालेका छन् । सरकारी अनुदानको मलखादलाई यी दुई निकायले सहकारी संस्था माफर्त किसानलाई बिक्री वितरण गर्र्दै आएका छन् । सहकारी संस्थामा मलखाद नभएपछि किसानहरु दैनिक रुपमा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ धाउन बाध्य छन् । डिएपी लिन किसानहरु दैनिक सहकारी संस्थामा पनि धाई रहेका छन् । किसानहरु दैनिक कार्यालय आएपछि सहकारी संस्थाका कर्मचारीहरु पनि सामाग्री केन्द्र र साल्ट्र ट्रेडिङ कार्यालय धाइ रहेका छन् । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने कृर्षि तथा पशुपंक्षी मन्त्रालयले भनेको थियो । तर किसानले दैनिकरुपमा सहकारी धाइरहदा पनि मल पाउन सकेका छैनन् ।

ratnam malkhad

मलको सहज आपूर्ति हुन नसक्दा यो समस्या वर्षेनी हुने गरेको छ । देशमा रासायनिक मलको कारखाना खोल्ने तर्फ सरकारको ध्यान जादैन । पहिले भएको झापा जिल्लाको कारखाना पनि चलाउन सरकार उदासिन छ । धान खेती हुने तराइका जिल्लामा रासायनिक मलको बढी माग हुन्छ । अहिले पशुपालन गर्ने किसानहरु कम मात्रामा मात्र छन् । विगतमा घरमै पशु पालन गरेर मल उत्पादन हुने गर्दथ्यो तर अहिले सबै किसान रासायनिक मलको प्रयोग गर्ने गर्दछन् । तराइका जिल्लामा मात्र नभएर अहिले पाहाडी जिल्लाहरुमा पनि रासायनिक मलको प्रयोग बढन थालेको छ । सरकार नत आप्mनो देशमा रासायनिक मलको कारखाना खोल्न तर्फ देखिएको छ नत समयमा नै टेण्डर प्रक्रिया सुरु गरेर सिजनमा मल आपूर्ति गर्न तर्फ ध्यान दिन सकेको छ ।

यसले गर्दा उत्पादन घेटेर चामल लगायतका खाद्य सामाग्रीको आयात बढदै गएको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषिको लागि विभिन्न प्रकारका प्याकेजहरु बनाउने गरेको छ । सरकारले किसानका लागि अनुदान पनि दिने गरेको छ । यो सबे कुरो गर्नुको मुख्य उद्देश्य कृषिमा आत्मनिर्भर हुनका लागि गवरने कार्य हुन । तर किसानले समयमा मल बिउ सिंचाइ पाउदैन भने सरकारले घोषण गरेका विभिन्न खाले योजनाको कुनै ओचित्य हुदैन । कृषि क्षेत्रको समग्र विकास गरेर कृषिमा आत्मनिर्भर बनाउछु भन्ने सरकारहरुले एउटा रासायनिक मलको कारखाना खोल्न नसकेर अर्काको देशको मुख ताक्नु हास्यास्पद र लज्जास्पद हो । त्यसैले समयमै रासायनिक मल उपलब्ध गराउन आप्mनो देशमा कारखाना खोल्न सक्नु पर्दछ ।

Himal dental
सम्बन्धित
Loading...