ghar sansar

भीमदत्तमा खाना नास्तामै ६० लाख स्वाहा

महेन्द्रनगर । कञ्चनपुरका सात नगरपालिका र दुई गाउँपालिकामा भीमदत्त नगरपालिकाले सबैभन्दा बढी खाना र नास्तामा खर्च गरेको छ । कञ्चनपुरका सबै स्थानीय तहमा अढाई करोड खर्च हुँदा भीमदत्तमा मात्रै ६० लाख खर्च भएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाभर खाना र विविधमा २ करोड ५२ लाख बढी खर्च भएको छ । त्यसमध्ये भीमदत्तमा सबैभन्दा बढी ६० लाख ६० हजार खर्च भएको । महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा कम लालझाडीमा ११ लाख ३१ हजार खानामा खर्च भएको छ ।

lotus institite

कञ्चनपुरका सात नगरपालिका र दुई गाउँपालिकाले एक वर्षमा अढाई करोड बढी खाना र नास्तामा खर्च गरेको छ । स्थानीय तहले आर्थिक वर्ष २०७९÷०८० मा खाना र विविध शीर्षकमा २ करोड ५२ लाख बढी खर्च गरेको देखिएको छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा सबैभन्दा बढी भीमदत्त नगरपालिका र सबैभन्दा कम लालझाडीमा खर्च गरिएको छ । भीमदत्तमा ६० लाख ६० हजार र लालझाडीमा ११ लाख ३१ हजार खानामा खर्च भएको छ ।

भीमदत्तपछि खाना नास्तामा बेलौरी नगरपालिकाले खर्च गरेको छ । बेलौरीमा ३४ लाख १० हजार खर्च भएको छ । महालेखाको प्रतिवेदनमा खाना तथा खाजामा ७ लाख ४ हजार र विविध २७ लाख १० हजार खर्च गरिएको उल्लेख गरिएको छ ।

daimond public

गत वर्ष नगरपालिकाले गरेको खाना खर्चको चौतर्फी आलोचना गरिएको थियो । यस वर्ष आलोचनाबाट बच्न खाना तथा नास्तामा ७ लाख खर्च देखाएर थप खर्च विविधमा समावेश गरिएको हो । यो खर्च बेलौरीको आन्तरिक आय ३ करोड १० लाखको ४ प्रतिशत हो ।

पुनर्वास नगरपालिकाले खाना तथा विविधमा २२ लाख २ हजार १ सय रुपैँया खर्च गरेको छ । यो आन्तरिक आयको ८ प्रतिशत हो । गत वर्ष पुनर्वासको आन्तरिक आय २ करोड ४४ लाख २२ थियो ।

कृष्णपुर नगरपालिकामा खाना र विविधमा २९ लाख ६२ हजार खर्च भएको छ । यो आन्तरिक आय ४ करोड ७२ लाखको ६ प्रतिशत हो ।

दोधारा चाँदनी नगरपालिकाले २० लाख ८७ हजार रुपैँया खाना र विविधमा खर्च गरेको छ । नगरपालिकाको १ करोड ११ लाख आन्तरिक आम्दानीको १८ प्रतिशत रकम खाना र नास्तामा खर्च गरिएको हो ।

बेलडाँडी गाउँपालिकाले खाना र विविधमा १४ लाख खर्च गरेको छ । गाउँपालिकाको गत वर्ष ५३ लाख ८४ हजार आन्तरिक आम्दानी थियो । यो आन्तरिक आम्दानीको २५ प्रतिशत हो ।

बेदकोट नगरपालिकाले विविध र सभा सञ्चालनमा ३२ लाख ५२ हजार खर्च गरेको छ । नगरपालिकाको एक करोड ५० लाखको यो खर्च २१ प्रतिशत हो । शुक्लाफाँटा नगरपालिकामा खाना तथा विविधमा २६ लाख ५० हजार खर्च गरिएको
छ । नगरपालिकाको २ करोड ७९ लाख आन्तरिक आम्दानीको यो ९ प्रतिशत हो ।

महालेखा परीक्षकको कार्यालयले सबै स्थानीय तहलाई खाना र तथा विविध खर्च औचित्यताका आधारमा गर्नु पर्ने सुझलाव दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले आन्तरिक आम्दानीको परिधिभित्र बसेर विविध खर्च गर्न पाउने व्यवस्था छ ।

Himal dental
सम्बन्धित
Loading...