ghar sansar

अदालतको आदेश लत्याउँदै अदालतमाथि नै प्रश्न उठाउन थाल्यो भीमदत्त

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा निर्माण गरिएका संरचना तत्काल भत्काउन नहुने अदालतले दिएको आदेशमाथि सार्वजनिक रुपमा प्रश्न उठाएको छ ।

उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशले सुधा झाको घर तत्काल नभत्काउने दिएको अन्तरिम आदेश उल्लङ्घन गरी डोजर लगाएपछि नगरपालिकाले अदालतको आदेशमाथि प्रश्न उठाएको हो ।

ratnam malkhad

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले सार्वजनिक सञ्जाल फेसबुकबाट अदालतको अन्तरिम आदेशले कानुनप्रति विश्वास घट्ने भन्दै भीमदत्त नगरपालिकासित बुझेर आदेश गर्न अदालतलाई आग्रह गरेको छ ।

‘सर्वोच्च अदालतले रिट खारेज गरेको हवाई किता वा अवैधानिक रूपमा बनेका घर टहरा निर्माण भयेका सार्वजनिक सम्मत्ति दोहन गरिरहेका व्यक्तिहरुलाई नबुझी कन पुनः उच्च अदालतले स्टे अडरको आदेश दिइरहेको छ यस्ता घटनाले कानुन प्रतिको विश्वास आमजनतामा पनि नकारात्मक असर पर्न देखिएकोले ध्यानाकर्षण गराउँदै वा बुझी निर्देशन गर्नका लागि भिमदत नगर पालिका अनुरोध गर्दछ । यो देशका कानुनी निकाय जिल्ला अदालत उच्च अदालत र सर्वोच्च अदालतको सम्मान गर्दै मेरो देश नेपाल मा कानुन रहेछ भन्ने अनुभुति होस’ नगर प्रवक्ता अवस्थीले भने आफ्नो फेसबुकमा लेखेका छन् ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निर्देशनमा बिहबार नगर प्रवक्ता अवस्थीले सेना, जनपद, सशस्त्र र नगर प्रहरी परिचालन गरी चमनचोक नजिक झाको घरमा डोजर लगाएका हुन् । भीमदत्तले अदालतको आदेश नमान्ने भन्दै दिउँसो घरभित्रका समान समेत बाहिर ल्याउन नदिई झाको घरमा डोजर लगाएको थियो ।

भीमदत्त नगरपालिकाले घर खाली गर्न निर्देशन दिएपछि झाले निषेधाज्ञा माग गर्दै भीमदत्त नगरपालिका र भीमदत्त नगर विकास समिति विरुद्ध उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशमा रिट दायर गरेकी थिइन् । पाँच दिन अघि अदालतले तत्काल घर नभत्काउने अन्तरिम नगरपालिका र नगर विकास समितिको नाममा अन्तरिम आदेश दिएको थियो ।
अदालतबाट अन्तरिम आदेश आएपछि भीमदत्तका मेयर बोगटीले झाको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएका हुन । झाको घरमा डोजर लगाउन नगर प्रवक्ता अवस्थी सहित भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, ७ का अध्यक्ष गणेश बहादुर चन्द र ११ का वडा अध्यक्ष प्रकाश थापा लगायतका सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाले जेठ ५ गतेदेखि नगर विकास समितिको जग्गामा अतिक्रमण गरिएका संरचना हटाउन थालेको हो । बिहीबार झाको घरमा मात्रै डोजर लगाइएको हो ।

झा परिवारले १५ वर्ष अघि तत्कालिन महेन्द्रनगर नगर विकास समितिबाट जग्गा लिएका हुन् । झाको दुई तले घरको अगाडिको भाग डोजर लगाएर क्षतिग्रस्त बनाइएको छ ।

यस अघि पाठक डेरी इण्डस्ट्रिजले सर्वोच्च अदालतबाट अल्पकालिन आदेश लिएको थियो । भीमदत्त नगरपालिकाले व्यवसायीयका समस्या वेवास्ता गरी डोजर लगाउन थालेृपछि अन्य व्यवसायी पनि अदालत पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...