ghar sansar

लालझाडीमा एकै दिन ११ बैठक, बैठक पिच्छे भत्ता

little buddha academy
khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिकामा एकै दिन ११ पटक बैठक राखेर ११ पटक नै भत्ता बुझेको फेला परेको छ । २०७९ भदौं १६ गते ८२ जनाले ११ पटक भत्ता लिएका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को उपनियम ५ मा जिम्मेवार व्यक्तिले खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाई र कागजात संलग्न भए नभएको भुक्तानी दिन रित पुगे नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ ।

,orning glory badhai
dirghayi clinic

तर लालझाडी गाउँपालिकाले भने सो नियमावली र उपनियमको समेत कुनै ख्याल नगरेरै एकैदिन ११ वटा बैठक राखेर ११ पटक बजेटको चरम दुरुपयोग हुने गरेर भत्ता बाँडेको छ। लालझाडी गाउँपालिकाले पदपुर्ति समितिको बैठक वाफत एकैदिन पटकपटक गरेर ११ वटा बैठक राखेको फेला परेको छ। साथै ११ पटक नै भत्ता समेत बाँडेको छ ।

२०७९ भदौ १६ गते दिउँसो ४ः४५ मा ८ जना राखेर बैठक गरेको १० हजार दुई सय, दिउँसो ४ः३० मा ९ जनाको बैठक राखेर ११ हजार ४७५, ४ः१५ मा पाँच जनाको बैठक राखेर ६ हजार ३७५ र फेरी दिउसो ४ बजे बैठक राखेर ६ हजार ३७५ रुपैयाँ भत्ता बाँडिएको छ ।

सोही दिन दिउँसो ३ः२० मा ९ जनाको बैठक राखेर ११ हजार ४७५, दिउँसो १ः१५ बजे ५ जनाको बैठक राखेर ६ हजार ३७५, विहान ८ बजेट ५ जनाको बैठकर राखेर ६ हजार ३७५, मध्यान्ह १२ः५० मा ९ जनाको बैठक राखेर ११ हजार ४७५, १२ः३५ मा फेरी ९ जनाको बैठक राखेर ११ हजार ४७५ रुपैयाँ भत्ता रकम बाँडिएको छ ।

त्यस्तै सोही दिन नै विहान ९ः२५ मा ९ जनाको बैठक राखेर ११ हजार ४७५ र विहान ९ जनाको बैठक राखेर ११ हजार ४७५ गरेर एकैदिन एक लाख चार हजार ५५० रुपैयाँ नियमावली विपरीत सो गाउँपालिकाले भत्ता बाँडेको हो ।

Himal dental
सम्बन्धित
Loading...