ghar sansar

ओपेरामा किन गरि रहेका छन् भीमदत्तका मेयरले यस्तो नाटक

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले होटेल ओपेराको स्वमिङ्ग पुलमा डोजर लगाएर भत्काएको छ । भीमदत्त नगर विकास समितिले होटेल ओपेरा पुगेर ताला चाबी लिएको झण्डै तीन सातापछि शनिबार डोजर लगाएर भत्काएको हो ।

गत जेठ १४ गते भीमदत्त नगरपालिकालका नगर प्रवक्ता पदमराज अवस्थी र भीम्दत्त नगर विकास समितिका सदस्य सुशिल कुमार भट्टले होटेल ओपेरामा पुगेर स्विमिङ्ग पुलको तालाचाबी लिएका थिए ।

mahostaw

भीमदत्त नगर विकास समितिको बैशाख पहिलो साता बसेको बैठकले अवैध संरचनाको तालाचाबी बुझ्ने निर्णय गरेको थियो । त्यस अनुसार ओपेरा सहित धेरै संरचनाका तालाचाबी नगरपालिका कार्यालय बुझाईको थियो ।

भीमदत्त नगरपालिकाले त्यति बेला सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुसित बैठक बसेर अन्तिम निर्णय लिने भन्दै तालाचाबी बुझेको हो । बैशाख १८ गते बसेको प्रदेश सभा सदस्य सहितको बैठकमा तत्कालिन महेन्द्रनगर विकास समितिबाट अवैध लिजमा लिएर निर्माण गरिएका संरचना भत्काउने निर्णय गरिएको थियो ।

प्रदेश सभा सदस्य सहितको बैठक बस्न अघि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी सहितले ओपेराका सञ्चालकलाई तत्काल आफूहरु स्वामित्वतमा लिएर स्विमिङ्ग पुल चलाउने र पछि घाटा भएको देखाएर ओपेरालाई फिर्ता गर्ने अनौपचारिक सहमतिम गरी ताला चाबी बुझेका थिए ।

मेयर बोगटीसित गरिएको सहमति अनुसार प्रवक्ता अवस्थी र वडा अध्यक्ष भट्टले ओपेरा पुगेर तालाचाबी लिएका हुन् । उनीहरुलाई भीमदत्त नगरपालिका ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द र १८ का वडा अध्यक्ष रबिन्द्र देवकोटाले साथ दिएका थिए ।

ताला चाबी बुझेपछि नगरपालिकाले स्विमिङ्ग पुलको प्रवेशद्वारमा ताला लगाएर भीमदत्त नगर विकास समितिको स्वामित्व भन्ने लेखएिको बोर्ड लगाएको थियो ।

पार्किङ्ग स्थलमा डोजर लगाएर बाटो बनाईएको थियो । तत्कालिन महेन्द्रनगर नगर विकास समितिबाट ओपेरालाई स्विमिङ्ग पुल र पार्किङ्ग स्थल बनाउन दुई कट्टा जग्गा लिजमा लिएको थियो ।

भीमदत्त नगरपालिकाले प्रदेश साँसदहरुको बैठकपछि ओपेरालाई स्विमिङ्ग पुल हटाउन निर्देशन दिएको थियो । होटेल ओपेरा स्विमिङ्ग पुल भत्काउने कार्य रोक्न माग गर्दै दुई दिन अघि सर्वोच्च अदालत पुगेपछि शनिबार भत्काएको हो । सर्वोच्चले स्विमिङ्ग पुल रिटमा कारण देखाउ र अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको अन्तरिम आदेशको निर्णय नगर विकास समितिमा नआउँदै शनिबार डोजर लगाइएको हो । यस अघि उच्च अदालत दिपायल महेन्द्रनगर इजजाशको आदेश उल्लङ्घन गर्दै बिहीबार सुधा झाको घरमा डोजर लगाइएको थियो ।

झाको घरमा डोजर लगाएपछि भीमदत्त नगरपालिकाका मेयर बोगटीको चौतर्फी आलोचित छन् । उनले सेना, सशस्त्र, जनपद र नगर प्रहरी परिचालन गरी झाको घरमा डोजर लगाएका थिए ।

सेना सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अन्तरिम आदेश आएको घरमा डोजर लगाएको भन्दै मेयर बोगटीको आलोचना भएको छ ।

भीमदत्त नगरपालिका ४का वडाध्य शुनिल कुमार भट्टले होटल ओपेराले समेत १बैशाख ०८१मा अन्तरिम आदेशका लागि भीमदत्त नगरपालिका सहित भीमदत्त नगरपालिका, प्रशासन, प्रहरी कार्यालय बिरुद्धमा रिट दायरको बताए ।

वडाध्यक्ष भट्टले ओपेराले दायर गरेको रिटमा कतै स्टे अडर आए भत्काउन समस्या हुने भएकाले दायर गरेको दोस्रो दिनमै भत्काएको बताए ।

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले अदालत प्रयोग गरेपनि अतिक्रमण क्षेत्र हटाउने अभियान नरोकिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...