ghar sansar

कृष्णपुरको बजेट पनि झण्डै अर्ब, हेडसरको भत्ता वृद्धिदेखि कोल्ड स्टोर बनाउनेसम्मका योजना

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले ९७ करोड ५ लाख ६० हजारको बजेट ल्याएको छ । नगरपालिकाले सोमबार १५ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि उक्त बजेट ल्याएको हो ।

dirghayi clinic

नगर सभामा नगरप्रमुख हेमराज ओझाले नीति तथा कार्यक्रम र उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले आगामी वर्ष आन्तरिक आम्दानी ६ करोड पुगाउने लक्ष्य राखेको छ । मेयर ओझाले कृषि, शिक्षा, सवास्थ्यलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताए ।

कृष्णपुरको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता दुई सय वृद्धि, अंग्रेजी माध्यमममा पठनपाठन गर्ने विद्यालयलाई सहयोग, नगर अस्पताल निर्माण पूरा गर्ने, कोल्ड स्टोर निर्माणका लागि जग्गा सुनिश्चिता गरी सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...