ghar sansar

एसईई नतिजा भोलि सार्वजनिक

dirghayu ad

महेन्द्रनगर । माध्यमिक शिक्षा परीषा एसईईको नतिजा भोलि (बिहीवार) सार्वजनिक हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीवार बिहान ११ बजेसम्ममा प्रकाशन गर्ने निर्णय गरेको हो ।

बुधवार लामो समय बैठक बसेकाले प्रकाशित गर्न समय नपुग्ने भएर बिहीवारका लागि सारिएको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक गरी सार्वजनिक गरिने मंगलवार बताएका थिए ।

ratnam malkhad

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरू भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

Himal dental
सम्बन्धित
Loading...