ghar sansar

कैलालीमा १५ विद्यालयको एसइई नतिजा शून्य

dirghayu ad

महेन्द्रनगर । कैलालीमा १५ सामुदायिक विद्यालय नतिजना शुन्य आएको छ । कैलालीमा २ सय ९३ विद्यालयका १८ हजार ६० विद्यार्थी सहभागी भएकोमा ३०.०५ प्रतिशत उत्तीर्ण भएर १५ विद्यालयले शुन्य नतिजा हात पारेका हुन् ।

१४ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयको नजिता शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत प्रतापसिंह धामीले बताए ।

ratnam malkhad

कैलारी गाउँपालिकाको राष्ट्रिय मावि घुँइयाघाट, गोदावरी नगरपालिकाको दुर्गा मावि कोल्मुडा तथा चुरे गाउँपालिकाको जनता मावि बैसेनी र जनता मावि शान्तिनगर र भगवती मावि कोतढुङ्गेनीको नतिजा शून्य आएको छ। यी विद्यालयबाट क्रमशः ३५, ४९, ३६, २१ र १६ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

त्यस्तै टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शून्य छ। राष्ट्रिय माविबाट २३ र त्रिभुवन माविबाट २६ जनाले एसइई दिएका थिए ।

आठ जना विद्यार्थी परीक्षामा सहभागी गराएको टीकापुरको निजि विद्यालय सगुन एकेडेमीको नतिजा पनि शूल्य आएको समन्वय इकाइले जनाएको छ ।

भजनी नगरपालिकाको सरस्वती मावि नवलपुर, महेन्द्र मावि पगियापसार, राष्ट्रिय मावि महादेउली, राष्ट्रिय मावि ढुसी र राष्ट्रिय मावि पल्टुपुरको नतिजा पनि शून्य आएको शिक्षा अधिकृत धामीले बताए ।

यी विद्यालयबाट क्रमशः २४, ३१, २४, २० र ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए । मोहन्याल गाउँपालिकाको भैरवमाला मावि सुगरखाल र मोहन्याल मावि बडीकाफाइको नतिजा शून्य आएको छ । भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइई दिएको समन्वय इकाइले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...