ghar sansar

इन्द्रेणीले यसरी मनायो बेदकोटमा धान दिवस (तस्बिरहरु सहित)

janjyoti campus

भोजराज पन्त
महेन्द्रनगर । “जलवायु मैत्री कृषि, धान उत्पादनमा जृद्धि” भन्ने नारका साथ देश भर आज २१ औं धान दिवस मनाइएको छ । बेदकोट नगरपालिका ९ स्थित इन्द्रेणी कृषि सहकारी संस्था लि.ले पनि कार्यक्रम गरी साथ २१ औं धान दिवस मनाइएको छ ।

कार्यक्रममा इन्द्रेणी कृषि सहकारी संस्था लिं. का अध्यक्ष शिवराज भट्टको अध्यक्षता र बेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यमा सुरु गरिएको छ ।

western public academy

कार्यक्रममा कृषि व्यवसाय प्रवद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका कृषि वरिष्ठ प्रशार अधिकृत राम चन्द्र भट्ट, कार्यपालिका सदस्य पार्वती विष्ट, बेदकोट नगरपालिका कृषि शाखा अधिकृत देव दत्त वडु, वडा सदस्य लगायत सहभागी भएका छन् ।

कार्यक्रममा वरिष्ठ कृषि प्रशार अधिकृत राम चन्द्र भट्टले भने, अहिलेको जयवायु परिवर्तन भइरहेको छ । त्यसैले किसानहरुले पनि जयवायु परिर्वतन संगसंगै खेति गर्ने कार्य समेत परिवर्तन गदै जानु पर्ने जरुरी छ ।’

dirhayu

उनले किसानलाई अधुनिक प्रविधि यस.आर.आई. पद्धतिबाट धान रोप्नेबारे जानकारी गराउनु पर्ने आवश्यकता औंल्याए । ‘किसानलाई कम पानिमा समेत राम्रो धान उत्पादन हुन्छ भन्ने सिकाउनु जरुरी छ’ उनले भने ।

किसानहरुले मनसुन आउनु अगावै धानको बिउ छर्ने तथा रोप्ने गर्ने गरेको धानको बिउ रोप्ने बेला मनसुनको उपस्थिति छैन भने धान बिग्रने तथा उत्पादनमा कमि आउने हुने भएकाले मनसुन सुरु भएपछि मात्र धान रोप्ने गर्नु पर्ने कृषि प्राविधिकहरु बताउँछन् ।

धानको बेर्ना ८ देखी १२ दिनपछि रोप्न सकिन्छ । अहिले किसानहरु रसायनिक मलको वढि प्रयोग गर्ने गरेको धान गहुको सिजनमा मलको अभाव वढिहुने गरेको पाइन्छ त्यको सट्टामा हरियो मल ,कम्पोस्ट मल , जैविक मलको प्रयोग बढाउनु जरुरी देखीन्छ र रसायनिक मलको प्रयोग कम गर्नु पर्दछ । जस्ले गर्दा माटोमा उर्वरा शक्तिको बिकास हुन्छ र कम जमिनमा वढि उत्पादन हुन्छ बरिष्ठ कृषि प्रशार अधिकृत राम चन्द्र भट्टले बताए ।

इन्दे्रणी कृषि सहकारी संस्थाको धान दिवस कार्यक्रमा लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले किसानको लागि ३० थान टि सर्ट उपलब्ध गराई सहयोग गरेको छ ।

    

Himal dental
सम्बन्धित
Loading...