ghar sansar

लागु औषध न्यूनीकरणका लागि बेलौरीमा कार्यक्रम सम्पन्न

khasi

महेन्द्रनगर । समाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा स्वीट नेपाल कञ्चनपुरको आयोजनामा लागु औषध (कुलत) न्युूनीकरणका लागि पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम बेलौरीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बेल्डाडी गाउँपालिका,लालझाडी गाउँपालिका,बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका युवा सञ्जालका सदस्य र सम्बन्धित सरोकारवाला निकाय सहभागी भएका छन् ।

Anant bahu travels

स्वीट नेपाल कञ्चनपुका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको कार्यक्रममा पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी राना प्रमुख र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशी विशिष्ट अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका बेलौरीका गौरी प्रसाद जोशी,दलित गैर सरकारी संस्था महासंघका उपाध्यक्ष तथा पूर्व नगर प्रवक्ता विनोद नेपाली, बेलौरी नगरपालिका युवा सञ्जालका अध्यक्ष बिष्णु अवस्थीले लागु औषध न्यूनीकरणका लागि सबैले लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया रानाले युवाहरु कुलत फसेका कारण यसको समाधानका लागि पनि युवाहरु नै अग्रसर भएर लाग्नु पर्ने बताइन् ।

कार्यक्रममा प्रस्तुतीकरण तथा लागु औषध कारोवार र यसलाई नियन्त्रणका लागि सबै पालिकाका सहभागीहरुले आफ्नो आफनो धारणा राखेका थिए ।

कार्यक्रमका सहजकर्ता डिएसपी जोशीले छलफल तथा डाटाबेस लगायत यसको समस्या र समाधानका लागि के गर्ने भन्ने विषयमा जानकारी दिए ।

स्वीट नेपालका व्यवस्थापक अमित सुनारले कार्यक्रम सञ्चालन गरेका थिए । स्वीट नेपालले लागु औषध नियन्त्रण सम्बन्धि दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गरि रहेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...