
महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालय डुबानमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको यो विद्यालय डुबान परेपछि पठनपाठनमा समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए ।
प्रधानाध्यापक विष्टका अनुसार वर्षा भएपछि विद्यालय डुबानमा परेको छ । ‘डुबान भएर पानी कक्षा कोठामा पसेको छ, पठनपाठन गर्न समस्या छ’ उनले भने ।
