

जगदीश नायक
महेन्द्रनगर । मेलौली नगरपालिकाका कर्मचारी माथि अभद्र व्यवहारको कारणले शुक्रवार कारवाहीको माग गर्दै नगरपालिकाका कर्मचारिहरुले नगरपालिकाको काम काज ठप्प पारे । यो समय नया योजना तर्जुमा गर्ने र सम्पन्न भएका योजना तथा सामाजिक सुरक्षा भत्ता लगायतको भुक्तानी गर्ने र अति व्यस्त समय हो । केवल एक हप्ताको समय वाकी छ ।गत वर्ष यसै किसिमका लफडाले नगरपालिकाको ५२% रकम फ्रिज भएको हो ।

जनप्रतिनिधिहरुले आफै समान किनेर विल भुक्तानि लिने कानुनि व्यवस्था छैन ,५० हजारको योजनाको उपभोक्ता समिति वनाएर ,अनुगमन समिति को सिफारिस ,वडाको सिफारिस ,योजना सम्झौता लगायतका प्रकृयाहरुको व्यवस्था प्रचलित कानुनले गरेकोछ ।वडाको मसलन्द र व्यवस्थापनमा आवश्यक सामग्री पनि वडा सचिवले माग फारम भरेर वडाध्यक्ष वाट प्रमाणित गरि नगरपालिकामा पेश गरि आवश्यक प्रकृया पुरा गरि सामग्रि वुझेको कागजमा सही गरि वुझ्ने व्यवस्था होला ।

नगर शभाले चालु खर्च अन्तर्गत विभिन्न शिर्षकमा वजट पारित गरेको हुन्छ ,उक्त शिर्षक अन्तर्गतका रकमको सिमा हेरि कोटेशन ,टेण्डर र नगरपालिका अन्तर्गत रहेको खरिद समितिले गर्ने व्यवस्था नगर शभा र प्रचलित कानुनले गरेकोछ ।जनप्रतिनिधिहरुलाई नीति र कानुन निर्माण गर्ने ,कर्मचारिहरुलाई शभा र कार्यपालिकाको निर्णय अनुसारका कार्यक्रम वजट कार्यान्वयन गर्ने व्यवस्था सबैलाई अवगत नै छ र कार्यान्वयन न्यायोचित ,विधि प्रकृया अनुसार छ छैन सोको अनुगमन र निगरानी गर्ने जनप्रतिनिधिहरुले हो तर सोझै ५०, ५०,र ५० हजारको समान किनेको विल पेश गर्दा जिन्सि समान माग,माग स्विकृत र समान खरिद र खरिद भएका समानको दाखिला गरेपछि मात्र सामग्रि खर्च हुन्छ ।कानुनले पारदरशिता र सुशासनको लागी कार्य विभाजन र दोहरो अनुगमनको व्यवस्था गरेको छ ।
आफै समान किनेर सो को विल मागदावि गर्दा स्टोर किपरले दिन नमानेकाले उहाको घाटि अठ्यायको सत्य हो भने यो कर्मचारि माथिको अभद्र व्यहार र दमन नै हो । यदी सुशासन र कर्मचारिहरुले कानुन विपरित रकम हिना मिना गरेको छ भने क कसले गरेको छानविन गरेर निज उपर कानुनि कारवाहीको व्यवस्था छ ,विधिले कारवाही गर्नुस । नगर पालिकामा सडक सफाईमा ,कोटेशन लगायत कर्मचारिले वदमासि गरे भ्रष्ट्राचार गरे भनेर वोलेको र सामाजिक सञ्जालवाट थाहा पाउछु । कुनै निर्णय र आदेश विना कर्मचारिले एक पैसा खर्च गर्न पाउदैनन ।
