

महेन्द्रनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कर्णदेव भट्टको निधन भएको छ । आइतबार राति भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित निवासमा भट्टको निधन भएको हो । भट्ट केही दिनदेखि विरामी भएपछि काठमाडौै जाने तयारी गरेका थिए ।

भट्ट फारवेष्ट टाईम्स दैनिकका प्रकाशक र प्रधान सम्पादक हुन् । उनले सुदूरपश्चिममा पहिलो पटक अफसेट प्रेस सञ्चालन गरेका थिए ।

भट्टका धर्मपत्नि, दुई छोरा छन् । छोराहरु आएपछि हिन्दू संस्कार अनुसार महाकाली नदीमा भट्टको अन्त्येष्टि गरिनेछ ।
