ghar sansar

साना किसान कृषि सहकारी सुडाको सार्वजनिक सुनुवाई कार्यक्रम

dirghayu ad

महेन्द्रनगर । साना किसान सहकारी संस्था लि. सुडाले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल र संस्थाको साझेदारीमा सञ्चालन गरिएको दुग्ध चिस्यान र प्रशोधनका लागि उपकरण खरिद कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

बेदकोट नगरपालिका ७ का कार्य वाहक वडा अध्यक्ष सुभास मल्लको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रम गरिएको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष रघुबर प्रसाद लेखकले उपकरण खरिद सम्बन्धी जानकारी प्रस्तुत गरे ।

ratnam malkhad

सहकारीका अध्यक्ष खगेश्वर प्रसाद पाण्डेयको अध्यक्षतामा गरिएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख चन्द्रकान्त पन्त, सहकारी संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शंकरदत्त जोशी लगायतले मन्तव्य राखे ।

सहकारी संस्थाको मझगाउँ शाखाका प्रबन्धक जय सिह धामीले सञ्चालन गरुेको कार्यक्रममा पशु स्वास्थ्य प्राविधिक टेक बहादुर चन्दले सहजीकरण गरे ।

सहकारी र निर्देशनालयको ५०÷५० प्रतिशत लागत साझेदारीमा उपकरण गरिएका छन् । ती उपकरणमा जेनेरेटर, मिल्क एनलाइजर इको मिल्क कम्पीलिट सेट, चिलिङ्ग भेट, खोवा मेसिन, स्टिल क्यान, डि फ्रिज लगायतका छन् ।

Himal dental
सम्बन्धित
Loading...