
महेन्द्रनगर । भारतको मुम्बईमा एक नेपाली बालिका अलपत्र परेकी छन् । अलपत्र अवस्थामा भेटिएकी १० वर्षिया बालिकाले आफ्नो घर बल्मी भएको प्रहरीलाई बताएकी छन् ।
आफ्नो नाम बताउन नसककेकी ती बालिकाले आफ्ना बुवाको नाम भने सीताराम चौधरी भएको जानकारी गराएकी छन् ।

अहिले ती बालिका मुम्बई कुरला कपाटिया नगरको पुलिस स्टेसनको संरक्षणमा छिन् । प्रहरीलाई उनले बल्मी घर र बुबाको नाम बाहेक अन्य जानकारी दिन सकेकी छैन ।
बालिका अलपत्र परेको सार्वजनिक भएपछि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बल्मीमा सोधखोज गरेका छन् । बल्मी लालझाडी गाउँपालिकामा पर्छ । बल्मी सीताराम चौधरी भेटिए पनि उनकी छोरी काठमाडौंमा रहेको जानकारी पाएको अध्यक्ष रानाले बताए ।
ती बालिका कैलालीको बल्मीको हुन सक्ने अध्यक्ष रानाले बताए ।
