ghar sansar

मानसिक स्वास्थ्य सम्बन्धि सरोकारवालासित कार्यक्रम

khasi

महेन्द्रनगर । मानसिक स्वास्थ्य सम्बन्धि सरोकारवाला निकायतिस अन्र्तक्रिया कार्यक्रम गरिएको छ । मनोसामाजिक अनुसन्धान तथा पुनस्र्थापन केन्द्र कञ्चनपुरले भीमदत्त नगरपालिकाको आर्थिक र टिपिओ नेपालको प्राविधिक सहयोगमा कार्यक्रम गरेको छ ।

मनोसामाजिक अनुसन्धान तथा पुनस्र्थापन केन्द्रका अध्यक्ष गिरिराज शर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी प्रमुख अतिथि थिइन् ।

Anant bahu travels

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, वडा अध्यक्षहरु केशव सिह विष्ट, सुशिल कुमार भट्ट, रामचन्द्र बोहरा, पूर्णा माध्यमिक विद्यालयका प्रधानाध्यापक धनीदत्त पन्त लगायत विभिन्न क्षेत्रका सरोकारवाला सहभागी भएका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष शर्माले संस्थाको परिचय सहित मनो सामाजिक स्वास्थ्य समस्या सम्बन्धि जानकारी दिए ।

dirghayi clinic

संस्थाले मनो सामाजिक विमर्शको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको र यस वर्ष भीमदत्त नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालयका छात्र छात्राहरुलाई मनो सामाजिक विमर्श सम्बन्धि तालिम दिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि उप मेयर जोशीले मानसिक स्वास्थ्यको समस्या विकराल रुपमा बढ्दै गएकाले भीमदत्त नगरपालिकाले प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

कार्यक्रममा पूर्णा माविका प्रधानाध्यापक पन्त, अधिवक्ता टेक बहादुर कठायत, जानकी चन्द लगायतले आ–आफ्नो धारणा राखे ।

मनोसामाजिक अनुसन्धान तथा पुनस्र्थापन केन्द्रका सदस्य पूर्ण बहादुर क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...