ghar sansar

कृष्णपुरका एसईई उत्कृष्ठ विद्यार्थीलाई एमाले नगर कमिटीको सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले कृष्णपुर नगर कमिटिले एसईई परीक्षामा उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरेको छ । एमालेले शुक्रबार कार्यक्रम गरी एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कृष्णपुर नगरपालिकाका विद्यार्थीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा २६ सामुदायिक र संस्थागत विद्यालय दुबै विद्यालयका विद्यार्थी छन् । विद्यार्थीसंगै उनीहरुका अभिभावकलाई पनि सम्मान गरिएको छ । उनीहरुमा ४ जिपिए ल्याउन कञ्चनजंंघा बोर्डिङ्ग स्कुलका चेतराज बिष्ट सहितका छन् ।

dirghayi clinic

एमाले नगर कमिटी अध्यक्ष कुवेर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रमुख अतिथि थिए ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य नर बहादुर धामी,प्रदेश कमिटी सदस्यहरु मोहन रावल,गणेश सिंह एरी, जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा, नगर इन्चार्ज लोकराज पन्त, कृष्णपुर नगरपालिकाका निवर्तमान मेयर कर्ण बहादुर हमाल, अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष अमर सिह धामी लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

नगर कमिटी उपाध्यक्ष सुरेश बिकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कृष्णपुर नगर कमिटी सचिब नरेश कार्कीले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...