ghar sansar

एन प्याब्सन आवद्ध विद्यालयका एसईई उत्कृष्ठ १२५ विद्यार्थीलाई सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएन(एन प्याब्सन) कञ्चनपुरले एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम एन प्याब्सन आवद्ध विद्यालयका उत्कृष्ठ एक सय २५ विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।

,orning glory badhai

कार्यक्रममा सबै विद्यार्थीहरुलाई टिका खादा र टिका लगाएर सम्मान पत्र प्रदान गरिएको छ । यसैगरी उत्कृष्ठ अंक विद्यालयहरुलाई पनि सम्मान गरिएको छ ।

मेयर बोगटी, उप मेयर निलम लेखक जोशी, नगर प्रवक्ता पदमराज अवस्थी, सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्ट, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनी, सल्लाहकारद्वय डा. राम कुमार साउँद, डा. शंकरदत्त भट्ट लगायतले विद्यार्थीलाई सम्मान पत्र प्रदान गरे ।

dirghayi clinic

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा एन प्याब्सन वरिष्ठ उपाध्यक्ष बलदेब भट्टले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा एन प्याब्सन केन्द्रीय उपाध्यक्ष मौनीले सबै विद्यार्थीलाई एसईईको नतिजालाई आगामी दिनमा पनि निरन्तरता दिनु सुझाप दिए । उनले संस्थागत विद्यालयले आगामी वर्षमा एसइई नतिजालाई उत्कृष्ठ बनाउने वाचा गरे ।

एन प्याब्सन सल्लाहकार डा. राज कुमार साउँदले सम्मान कार्यक्रमले विद्यार्थीलाई हौसला मिल्ने बताए । उनले आगमी दिनमा पनि विद्यार्थीले आफ्नो नतिजालाई निरन्तरता दिनु पर्ने आवश्यकता औंल्याए ।

भीमदत्तका मेयर बोगटी र उप मेयर जोशीले एसइई नतिजा सुधारका लागि स्थानीय सरकारबाट गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता जनाए ।

एन प्याब्सन जिल्ला सचिव कुबेर खड्काले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य डिडी अवस्थी, सुदूरपश्चिम प्रदेश कमिटी सचिव बीर बहादुर चन्द लगायतका एन प्याब्सन पदाधिकारी, विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...