ghar sansar

१०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो

khasi

महेन्द्रनगर । सबैको उज्जव भविष्यका लागि सहकारी भन्ने नाराका साथ १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

भीमदत्त नगर सहकारी सञ्जाल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले संयुक्त रुपमा दिवस मनाएका छन् । सहकारी दिवसको अवसर पारी सूर्योदय सहकारीको जानकी टोलस्थित सभा कक्षमा कार्यक्रम गरिएको छ ।

Anant bahu travels

dirghayi clinic

भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बोहरा सहित भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाट,विशिष्ठकृत सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिह भाट, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक नविन क्षेत्री, नेफस्कुनका प्रबन्धक यम बहादुर डाँगी लगायतले शुभ कामना मन्तव्य राखे ।

नगर सहकारी सञ्जालका अध्यक्ष मोहन बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न सहकारी संस्थाका पदाधिकारी र सदस्य सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...