
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–१० भुमिराज टोलस्थित खेतबारीमा एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विहान अन्दाजी २५ वर्षिया महिलाको शव भेटिएको हो ।
मंगलबार बिहान करिब साढे आठ बजेतिर प्रहरीले शव फेला पारेको प्रहरीले जानकारी दिएको छ । शव जोगबुढा नदीको बहावले बगाएर ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फेला परेकी महिलाको नाम÷थर, वतन केही खुलेको छैन् ।
