ghar sansar

विपद्को प्रकोप

little buddha academy
khasi

जलवायु परिवर्तनको विषयलाई लिएर सिंगो विश्व समुदाय चिन्तित बनिरहेको छ । जविायु परिवर्तनका कारण भविश्यमा हुन आउने विपदको विषयलाई लिएर विश्व समुदाय चिन्तित देखिए पनि नेपालमा भने यस विषयमा अनविज्ञ देखिने गरेको छ । यस वर्षको गर्मी याममा विगतको तुलनामा अत्यधिक गर्मी भएको छ । यही अनुपातमा गर्मी बढ्ने हो भने आगामी एक दशकमै ५० डिग्री नाग्ने अनुमान गर्न सकिन्छ । कञ्चनपुर जिल्लामा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ मोती स्थित दिदी जमुना महराको घरमा बस्दै आएकी संगिता धानुकको ७ महिनाको छोरा सोलु धानुकको पलङबाट कोठामा बर्षातको पानी भरिएको ठाउँमा खसी मृत्यु भएको छ । यसैगरी पुर्नबास न.पा. ५ “ग” गाउँ नयाँकटान स्थित सोही ठाउँ बस्ने बर्ष १५ की लक्ष्मीबोगटी, बर्ष १६ की सिर्जना बोगटी रबर्ष १७ की आरती बोगटी खेल्नेक्रममा पानीमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट प्रहरी र सशस्त्र प्रहरी सहितको संयुक्त टोली खटि गई खोजतलास गर्दा लक्ष्मी बोगटी र सृजना बोगटी १५ः०० बजेको समयमा अन्दाजी २०÷२५ मिटर तल मृत अवस्थामा फेला पारेको, आरती बोगटीको खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्रुमा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्माय परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो ।

,orning glory badhai
dirghayi clinic

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चि म प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चि म प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्काम घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...