

महेन्द्रनगर । कैलालीबाट लागु औषध सहित कञ्चनपुरका २ युवक पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–३ चुटकि बजारको भित्रि सडक खण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ परेका हुन् ।

उनीहरुलाई ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
