ghar sansar

कुण्डा सव डिभिजनले ५० हजार विरुवा बाँड्दै, पुनर्वासका मेयर शर्माले गरे उद्घाटन

khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका १० स्थित कुण्डा सव डिभिजन वन कार्यालय पचगडियाले विभिन्न जातका बोट विरुवा वितारण सुरु गरेको छ । सव डिभिजन वन कार्यालय कुण्डाले हरियाली बढाऔँ पर्यावरण संरक्षण गरौं,काठ दाउरा डालेघाँसमा आत्मनिर्भर बनौ भन्ने मूल नार सहित निशुल्क बिरुवा बितरण कार्यक्रम सुरु गरिएको छ ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख अतिथ्यमा एक औपचारिक कार्यक्रमका बिच निःशुल्क बिरुवा बितरण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

Anant bahu travels

डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्य तालिका अनुसार कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरको नर्सरीमा टिक मसला टाकी कोइरालो सिसौ मोरिंगा प्रजातिका बिरुवाहरूको नर्सरी उत्पादन गरेका थिए ।

डिभिजन वन कार्यालय पचकडियामा उत्पादन भएका टिक मसला टाकी कोइरालो सिसौ मोरिंगा प्रजातिका बिरुवाहरु यही असार २६ गतेदेखि निःशुल्क रुपमा वितरण गर्न सुरु गरिएको कुण्डा सव डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताए ।

dirghayi clinic

डिभिजन कार्यालयका प्रमुख यादवका अनुसार बिरुवा वितरण प्रकियामा ५० बिरुवा लैजना चहाने कृषकको हकमा नेपाली नागरिकता को प्रतिलिपि ५० देखि ५ सय बिरुवासम्मका लागि जग्गाधनी प्रमाणपत्र ५ सय बिरुवा भन्दा माथि स्थानिय वडा कार्यालयको सिफारिश विद्यालय, संघसंस्था सार्वजनिक निकाय कार्यालयले वृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित् कार्यालयको आधिकारिक पत्र सहित आए पश्चात बिरुवा उपलब्ध गराइने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि नगर शर्माले हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताए ।

उनले विरुवा वितरण गरिएसँगै वितरण गरिएका बोट बिरुवाको वन कार्यालयले अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले सकारात्मक सोच सहित रोपिएको बिरुवाबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदाको बारेमा सोच्दै नगरपालिकालाई हरियाली र सुन्दर बनाउने कार्यमा एकजुट हुन अनुरोध गरे ।

सब डिजिभन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित निशुल्क बोट बिरुवा बितरण कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख तथा उप प्रमुख भुलिया कुमारी राना र पुनर्वास नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनराज थापाको विशिष्ट अतिथि थिए ।

कार्यक्रममा पुनर्वास १० का वडा अध्यक्ष सुकदेव राना , ११ का वडाध्यक्ष बिनोद अर्याल लगायत स्थानिय, जनप्रतिनिधि, समाजसेवी , बुद्धिजीवि, कृषक सहभागी भएका छन् ।

यस वर्ष कुण्डा सब डिभिजन वन कार्यालयबाट ५० हजार बिरुवा वितरण गरिने प्रमुख यादवले जानकारी दिए ।

 

Himal dental
सम्बन्धित
Loading...