ghar sansar

भारतले शनिबार फेरि धौलीगंगा बाँध खोल्दै, सतर्क रहन आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक खोल्न लागेको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार असार २९ गते शनिवार बिहान ६ बजेदेखि ३० गते आइतवारसम्म परियोजनाको बाँध खोलिने जनाएको छ ।

बाँध खोलेका वेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

,orning glory badhai

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो ।

बाँध खोलेका वेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले महाकाली आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

dirghayi clinic

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातका वेला हरेक वर्ष खोलिने गर्छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ ।

यसअघि भारतले गएको असार १५ गते विहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो ।

विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

साभार : थाह खबर

Himal dental
सम्बन्धित
Loading...