महेन्द्रनगर । कञ्चनपुरमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका युवक चौधर नदी बगरमा मृत अवस्थामा फेला हुन् ।
असार २३ गते बेलडाडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए । चौधरीको ५ दिनपछि चौधर खोलाकै नदी बगरमा हिजो (विहिबार) शव फेला परेको बेलडाडी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दुर्गा चौधरीले बताए ।