ghar sansar

त्रिशूलीमा खसेका बसका ५ यात्रु भेटिए मृत

khasi

महेन्द्रनगर । चितवनको नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा खसेका बसका ५ जना यात्रु मृत अवस्थामा भेटिएका छन् ।

dirghayi clinic

आइतबार बिहान भरतपुर महानगरपालिकाको गोलाघाट र नवलपुरको गैंडाकोटमा एक–एक वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।

गैंडाकोटमा भेटिएको शव भारतको विहार राज्य बेतिया जिल्लाका ४० वर्षीय सज्जाद अन्सारीको रहेको रिजालले बताए। उनका दाइ मेराज हुसेनले शवको सनाखत गरेका थिए । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्सका यात्रु हुन् ।

गोलाघाटमा भेटिएको शव पनि भारतको विहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ३० वर्षीय जयप्रकाश ठाकुरको भएको पुष्टि भएको छ। उनी काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्समा चढेका थिए ।

Himal dental
सम्बन्धित
Loading...