ghar sansar

चार लाख घुस सहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकसित भेटियो ५० लाख बढी रकमको चेक

khasi

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत धामीसहित २ जना कर्मचारीसँग ४ लाख १२ हजार रुपैयाँसँगै ५० लाख बढी रकमको चेक भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक (जेटीए) अशोकसिंह धामीलाई सोमबार ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ पक्राउ गरेको थियो ।

dirghayi clinic

कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशनवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट पक्राउ गरेको हो ।

दुबै जनाले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा र सो बाहेक उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

अख्तियारको टोलीले सोमबार मोहन र अशोकले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पक्राउ गरेको हो । अख्तियारको टोलीले धामी द्वयलाई ४ लाख १२ हजार घुस रकमको चेकसहित थप ५० लाख ६० हजारको सात थान चेकसहित नियन्त्रणमा लिएको हो ।

 

Himal dental
सम्बन्धित
Loading...