

कांग्रेस संसदीय दलका प्रमुख सचेतक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक गृहमन्त्री भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको काँग्रेस एमाले गठबन्धन सरकारमा लेखकले सोमबार गृहमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु भएको बताए ।

उनले सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु भएको बताउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको बताए । गृहमन्त्री लेखकका सामु धेरै ठूला चुनौतीका चाङहरु छन् । भुटानी शरणार्थी प्रकरण, बालमन्दिर जग्गा प्रकरण, बाँसबारी जग्गा प्रकरण, पतञ्जली, टीकापुर र बृहत्तर जनकपुर प्रकरणले अहिलेसम्मका गृहमन्त्रीको परिक्षा गरि सकेको छ र लेखक गृहमन्त्री भए पछि पनि यीनै सवालहरु अगाडि आउने निश्चित छ । रमेश लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद पनि हुन र उनले निर्वाचनको समयमा गरेका धेरै वाचाहरु पनि पुरा गर्नु पर्ने हुन्छ । यस्ता अनेकौ चुनौतिको सामना गर्ने उनले आगामी कस्तो कार्य दिशा समात्ने हुन हेर्न बाँकी छ । तर उनकै निर्वाचन क्षेत्रमा ६ वर्ष अघि घटेको एउटा दर्दनाक घटनाको रहस्य पत्ता लगाउन सकेमा उनी मुलुको सफल गृहमन्त्रीको रुपमा चीरकालसम्म स्मरणिय हुने छन् ।

छ वर्ष अघि भीमदत्त नगरपालिका– २ की १३ वर्षिया किशोरी÷बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो भने दुई जना घाइते भएर अहिले पनि अपा·ताको जीवन पिताइ रहेका छन् । निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाले सिंगो मुलुकको ध्यान आकर्षित गरेको थियो र अहिलेसम्म बनेका सबै गृहमन्त्रीको अघडी निर्मला पन्तको बलत्कार पछि हत्या गर्ने अपराधी पक्राउ गर्नु पर्ने माग मुलुकवासीले गर्दै आएका छन् र अहिलेका गृहमन्त्रीको गृह जिल्लाकै घटना भएकोले उनलाई यो माग राख्नु पर्दैन होला किनकि उनी स्वयम जानकार छन् ।
भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु कुरो रानीतिकर्मीको थेगो नै बनेकोले गृहमन्त्री लेखकसंग यो अपेक्षा जनताले गरेका छैनन् । जनताले लेखक गृहमन्त्री भए पछि निर्मला पन्तले न्याय पाउने छन् र अपराधी पक्राउ पर्ने छन् भन्ने अपेक्षा गरेका छन् । गृहमन्त्री लेखक यसै क्षेत्रको भएका कारणले पनि अब निर्मलाले न्याय पाउने कुरामा जनता आसावादी भएका छन् । अहिलेसम्मका गृहमन्त्रीले आलटाल गर्दै आएको यो विषय गृहमन्त्री लेखकले अनुसन्धानको दायरामा ल्याएर निर्मला पन्तलाई न्याय दिलाउन सक्ने भने जनताले लेखक को तारिफ मात्र होइन मुलुकै सक्षम गृहमन्त्रीको रुपमा चिन्ने छन् ।

