ghar sansar

विकाससंगै विनाश

little buddha academy
khasi

गत साता तीन दिनसम्म लगातार बर्षा भयो । तराई देखि पाहाडसम्म लगातार बर्ष भए पछि सुदूरपश्चिमका सबै जिल्लाहरुमा बढी र पहिरोले ठूलो घनजनको क्षेती भएको छ । बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ भने तराइमा बढीले जलमग्न गराउदा ठूलो क्षति भएको छ । तराइमा आउने खहरे खोलाको पानी बस्ती भित्र पस्दा नोक्सान भएको छ भने पाहाडमा पहिरोले नोक्सान गरेको छ । पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू जोड्ने सडक र राजमार्गहरु मात्र अवरुद्ध नभएर स्थानीय तहहरुले निर्मा गरेका सडकहरुले गाउ वस्तिहरु पहिरोमा परिणत भएका छन् । मनसुनको पहिलो झरीमै ग्रामीण सडकहरु बन्द भएका छन् ।
स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले पहिरोको जोखिम पनि निम्त्याएको छ । गाउँगाउँमा सडक पु¥याउने मुख्य योजना बनाएका स्थानीय सरकारको होडबाजीले जथाभावी डोजर चलाउन छोडेका छैनन् । स्थानीय सरकारले सडकलाई प्राथमिकतामा राखेर ट्रयाक खोल्न सुरु गरेपछि जथाभावी डोजर चल्न थालेका हुन्छन् । कतिपय जनप्रतिनिधिका आफ्नै डोजर भएकाले आफ्नो फाइदाको लागि जथाभावी प्रयोग गरिरहेका हुन्छन् । पानीका मुहान सुक्ने, बाढी पहिरो जानेजस्ता वातावरणलाई असर पार्ने कुरामा उनीहरुको ध्यान छैन ।

dirghayi clinic

विस्तृत प्राविधिक अध्ययन बिनै निर्माण भएपछि ग्रामीण भेगका अधिकांश सडक पहिरोले भत्किएका छन् । डोजर प्रयोग गरेर निर्माण गरीएका सडकमा पहिरो जाने र अन्धाधुन्ध निर्माण गरिएकाले पहिरोको जोखिम बढेको छ । डोजर प्रयोग गर्नु भन्दा बेरोजगार युवाहरुलाई परिचालन गरेर सडक निर्माण गरेकाृ भए पहिरोको जोखिम पनि कम हुने र स्थानियले आय आम्दानी पनि गर्ने थिए । विकासका पुर्वाधारहरु भनेकै सडक, बिजुली, खानेपानी, शिक्षा, स्वस्थ्य लगायतका विषयहरु हुन । गाउँगाउँमा सडक र बिजुली पुग्ने हो भने नागरिकले आप्mना हरेक कामहरुमा सहजता महसुस गर्न सक्छ । त्यसैले सडक हरेक ठाउँमा पुग्नु पर्दछ र नागरिकलाई सुविधा दिनु पर्दछ । तर सडकको पहँुँच पुगेका गाउँहरु पहिरोको जोखिममा पर्ने गरेका छन् ।

,orning glory badhai

जुन गाउँको माथि सडक गएको छ त्यो गाउँमा पहिरो गएर गाउँ नै पुरिएका घटनाहरुले विकासको सहि तरिका अपनाउन नजन्दा विनास निम्तिने गरेको छ । अहिलेको सबैको आवश्यकता र प्राथमिकता सडक देखिएको छ । तर त्यसको वातावरणिय प्रभावको मूल्यंकन नै नगरि जथाभावि सडक पु¥याउने होडबाजीले अधिकंश वस्तिहरु पहिरोको जोखिममा परि राखेका छन् । स्थानीय तहहरुले आप्mनो पालिका भित्र विकास निर्माणका काम गर्दा त्यसबाट पर्नसक्ने दीर्घकालिन असरको बारेमा पुर्वानुमान गर्नु जरुरी हुन्छ । अहिले पाहाडि जिल्लाहरुमा बनेका गाउँ घरका सडकहरुले धेरै वस्तिहरुको उठिवास लगाएको छ । तराइका जिल्लाहरुमा बाढीको जोखिम भन्दा पनि पाहाडि जिल्लाहरुमा देखिएको पहिरोको जोखिम बढी छ । पहिरोको कारण कतिपय वस्तिहरु नै पहिरोमा परिणत हुने गरेका छन् । विकासका कामहरु जनतालाई सुविधा दिनका लागि गर्नु पर्ने हो तर अहिले पाहाडि जिल्लाहरुमा बनेका सडकहरुले विनास निम्त्याउने गरेको पाइन्छ । त्यसैले विकासका कामहरु गर्दा वातावरणिय प्रभव र त्यसबाट आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरेर गर्नु जरुरी छ ।

Himal dental
सम्बन्धित
Loading...