ghar sansar

महाकाली नदीमा डुबेर दुई दिनदेखि बालिका वेपत्ता, प्रहरी र स्थानीयले खोज्दै

khasi

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसोतिर महाकाली नदी किनारतिर बाख्रा चराउन गएकी ममता बेपत्ता भएको खबर शुक्रबार बिहान प्रहरीलाई दिइएको छ ।

ratnam

घर परिवार र स्थानीयहरूले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि अझै फेला नपरेको बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

प्रहरी निरीक्षक केसीले बालिका महाकाली नदीमा बगेकी हुन सक्ने अनुमान सहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...