


महेन्द्रनगर । नेपाल शिक्षक संघका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष बिर्ख बहादुर मल्ल नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सचिव भएका छन् । महासंघमा संघको तर्फबाट मल्ललाई सचिव मनोनयन गरिएको हो ।
भीमदत्त नगरपालिका १५ खैरभट्टीस्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मल्लले शिक्षक संघ कञ्चनपुरको अध्यक्ष भई सकेका छन् । कञ्चनपुरमा मल्लको सक्रियामा शिक्षक महासंघ गठन गरिएको थियो ।
