ghar sansar

सवारी दुर्घटनामा ज्यान गुमाएका शुक्लाफाँटाका कर्मचारी रुद्र ओलीको परिवारलाई निजामति कर्मचारी संगठनको किरिया खर्च सहयोग

khasi

महेन्द्रनगर । सडक दुर्घटनामा परी मृत्युु भएका शुक्लाफाँटा नगरपालिकाका कर्मचारी रूद्र बहादुर ओलीका परिवारलाई नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले आर्थिक सहयोग गरेको छ ।

शनिबार कर्मचारी संगठनका प्रदेश सहासचिव महादेव जोशी र जिल्ला अध्यक्ष मान बहादुर चन्द सहित पदाधिकारीहरूको टोलीले मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिका–५ बनसमिति स्थित घरमै पुगेर किरिया खर्च २१ हजार रूपयाँ सहयोग गरेको हो ।

ratnam
dirghayi clinic

मृतक ओलीका परिवारलाई भेटेर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै किरिया खर्च स्वरूप नगद २१ हजार रूपैयाँ आर्थिक सहयोग गरिएको नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले बताए ।

उनले भने “हामीले एक कुशल राष्ट्रसेवक कर्मचारी गुमाएकोमा दुखित छौ, यस दुखद् घडिमा सान्तोना स्वरूप परिवारलाई संगठनको तर्फबाट परिवारलाई आर्थिक सहयोगसंगै मृतकमा श्रद्धाञ्जली र परिवारमा समवेदना दियौ ।”

बुधबार बेलुका अन्दाजि ७ः३० बजेको समयमा भीमदत्त नगरपालिका–४ भाँसी क्षेत्रमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएपछि ओलीको मृत्यु भएको थियो ।

ओलीले चलाएको म १ प ११४५ र हरिदत्त जोशीले चलाएको म २ प ७२७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा उनको घटनास्थलमै मृत्यु भएको हो । जोशी सामान्य घाईते भएका थिए । उनी भिमदत्त नगरपालिकाका कर्मचारी हुन ।

Himal dental
सम्बन्धित
Loading...