ghar sansar

सृजनशिल सहकारीले मनायो १६ औं स्थापना दिवस

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका– १० झलारीमा केन्द्रिय कार्यलय रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले शनिबार १६ औं स्थापना दिवस मनाएको छ । सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा स्थापना दिवस मनाइएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बार्षिक कारोवारको संक्षिप्त जानकारी दिदै सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले आब ०८०÷८१ मा सहकारी संस्थाले २ करोड २७ लाख ४५ हजार बढी खुद नाफा आर्जन गरेको बताए । गत बर्ष भन्दा २० लाख ५० हजार रुपयाँ बढी नाफा कमाएको छ ।

,orning glory badhai

आर्थिक वर्ष २०८०÷०८१को वार्षिक कारोबारको जानकारी दिने क्रममा १९ हजार सदस्य संख्या भएको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले ६१ करोड ७३ लाख बढी बचत गरेको जनाएको छ । संस्थाका कञ्चनपुर र कैलालीमा रहेका १२ वटा शाखाहरुबाट २०८१ असार सम्ममा ८० करोड २० लाख बढी ऋण लगानी गरेको छ ।

कार्यकारी निर्देशक भट्टले देशमा कायम रहेको आर्थिक मन्दीका बिच संस्थाले गरेको प्रगतीमा आफुहरु खुसी रहेको बताए । संस्थाले स्वरोजगार सृजना तथा उद्यमशिलता विकास, कृषि क्षेत्रमा लगानी बृद्धि तथा प्रविधिमा सहयोग, वित्तिय साक्षरता अभियान सञ्चालन र डिजिटल कारोबारलाई सहज र सर्वसाधारणको पहुचमा बृद्धि लगायतका काम गर्ने लक्ष्य लिएको उनको भनाई छ ।

dirghayi clinic

संस्थाको यस आर्थीक वर्षको वासलात ९४ करोड ६१ लाख ४८ हजार बढी रहेको छ । संस्थाको पछिल्लो तथ्याङ्क अनुसार ६ करोड ६ लाख १० हजार नौ सय शेयर रहेको छ । उनले मुख्य चुनौतीका रुपमा आर्थिक मन्दीका कारण लगानी योग्य रकमको अभाव, बाहय ऋण तथा बचतमा अत्यधिक व्याजदर र सरकारी फितलो नीति जिम्मेवार रहेको बताए ।

बचतकर्ता, सेयर सदस्य र कर्मचारीको निरन्तरको सहयोग तथा सहकार्यले १७ औं वर्षमा प्रवेश गर्न सफल भइएको सहकारीका अध्यक्ष शिवराज भट्टले बताए ।

‘सबैको अथक प्रयासले यो उचाईसम्म पुगेका छौं, १६ वर्ष अगाडि साउन ५ गते २५ जना सदस्यबाट सुरु गरेको संस्था १ अर्वको कारोबार गर्ने र १९ हजार सदस्य थप्न सफल भएका छौं,’ उनले भने। सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘सेयर सदस्य बलियो भयो भने सहकारी बलियो हुन्छ,’ उनले भने ।

सहकारीका कानुनी सल्लाहकार उद्धवराज भट्टले बिषम परिस्थीतिमा पनि सहकारीको कारोवारमा कुनै असर नपरेको भन्दै व्यवस्थापकीय पक्षको प्रशंसा गरे ।

उनले ऐन, नियम, नियमावली बमोजिम सहकारीले कार्य गर्दा सबैको विश्वास जित्छ भन्ने मान्यता यस सहकारीले स्थापित गरेर देखाई दिएको बताए । सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्चालन सचिव खगेन्द्र पाण्डेयले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...