ghar sansar

गहताणी खोलाको बाढीले ब्रह्मदेब बजार डुबान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरेबाट आउने गहताडी खोलाको बाढी पसेपछि बजार डुबानमा परेको छ । बाढीले बजार सहित आशपासका वस्ती पनि डुबानमा छन् ।

ब्रम्हदेबका नारायण सिह महताले गहताडी खोलाको सतह बृद्धि भएर ब्रम्हदेब गाँउमा आएको गाँउमा आएको वाढी बजारमा पुगेको बताए ।

‘अरु बेला यसरी सित्तैमा खोलाको सतह बृद्धि हुँदैन्थ्यो, ‘उनले भने, ‘यस पटक खोलाको वहाव बढेर गाँउमा उल्टिएको छ ।’ ब्रम्हदेब सीमावर्ती बजारमा तीन सय पसल डुबानमा परेर व्यवसायीको लाखौँको समान भिजेर नष्ट भएको उनले बताए । गहताडी खोलाको डुवानले ब्रम्हदेब बजार सहित आसपासका गाँउबस्ती, खल्लामछेट्टीमा समेत डुबान भएको छ ।

ब्रम्हदेब र खल्लामछेट्टीको विच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि खेतीयोग्य जमिन कटान, गाँउबस्ती बजार डुवानमा परेको छ ।

dirghayi clinic

यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका २ जनज्योतीटोलदेखि भण्डारी टोलहुँदै निम्बुखेडासम्म तटिय क्षेत्रका स्थानीयका घर डुवानमा परेका छन ।

भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले उत्तरी भेग र पहाडमा परेको बर्षातले भाँसी खोलामा आएको वाढीले दर्जनौँ घर डुवानमा परेको बताए ।

‘यहाँ पानी गरेको छैन, तर पनि खोलामा आएको वाढीले डुवान गरिसक्यो, ‘उनले भने, ‘भीनपा १८निम्बुखेडा भण्डारी टोलमा पटानले चार÷पाँच घर जोखिममा परेका छन ।’

Himal dental
सम्बन्धित
Loading...