ghar sansar

भीमदत्तका मेयर उप मेयर खोज्दै नगरपालिका आएका वासिन्दा धर्नामा, भासी खोला र निम्बुखेडा खोलाको बाढी नियन्त्रण गर्न माग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर र उप मेयरले आफूहरुको माग सुनुवाई नगरेको भन्दै वडा नं. १८ का वासिन्दा नगरपालिकामा धर्ना बसेका छन् । दिउँसोदेखि नगरपालिका कार्यालयको प्रवेशद्वारमा धर्ना बसेका उनीहरुले नाराबाजी सहित प्रदर्शन पनि गरि रहेका छन् ।

गत महिना अविरल वर्षापछि भासी खोला र निम्बुखेडा खोलाको बाढीले घर डुबान र जमिन कटान भएपछि उनीहरुले मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी सहितलाई बाढी नियन्त्रणका लागि माग गरेका थिए । मेयर उप मेयर सहितले आफूहरुको माग सम्बोधन नगरी वेवास्ता गरिएको भन्दै उनीहरु नगरपालिका कार्यालय पुगेका हुन् ।

lotus institite

daimond public

उनीहरु मेयर बोगटी, उप मेयर जोशी सहितलाई खोजी गर्दै नगरपालिका आएका हुन् । मेयर बोगटी सहित जनप्रतिनिधि कार्यालयमा नभेटिएपछि कार्यालय प्रवेशद्वारमा धर्ना बसेका छन् ।

वासिन्दाले नगरपालिका कार्यालय पुगेका भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटालाई पनि धर्नामा बसाएका छन् । अध्यक्ष देवकोटा वडाको कामले नगरपालिका गएका हुन् ।

बाढी र डुबानले वडाका सबै वासिन्दा पीडित भएकोले बाध्य भएर नगरपालिका आएर धर्ना बस्नु पर्ने अवस्था आएको वडा अध्यक्ष देबकोटाले बताए ।

  

Himal dental
सम्बन्धित
Loading...