ghar sansar

गृहमन्त्रीको वडा तहसनहस

khasi

महेन्द्रनगर । गत असार तेस्रो साता र साउन पहिलो साताको अविरल वर्षापछि आएको बाढीले बेदकोट नगरपालिका ८ मा ठूलो क्षति पुगाएको छ ।

बेदकोट नगरपालिका ८का वडा अध्यक्ष महेशराज जोशीले रौटेला खोला, सहितका स्थानीय खोला नदी नालामा आएको बाढीले वडालाई तहसनहस बनाएको बताए ।

ratnam

रौटेला खोलाको वाढीले टकुलिया क्षेत्रका १५ परिवार विस्थापित भएका छन । उनीहरु सबै दलित समुदायका हुन् । वडा अध्यक्ष जोशीका अनुसार बाढीले अन्नबाली, खेतीयोग्य भूमि, सडक, पुलपुलेसा,पशुपन्छी लगायतमा क्षति गरेको छ ।

dirghayi clinic

१सय ८विगाहमा लगाएको धानखेती, ७ कट्टामा अरहरखेती सहित १सय १५कट्टा जमिनको अन्नबाली नष्ट भएको छ । खेतीयोग्य जमिन कटान र पटानले उक्त जमिनमा रहेको अन्नबाली नष्ट भएको हो ।

सयौँ धरघुरीको दैनिक खाने धान, गहुँ तोरी, ताल, चामल, पिठो सहितका खाद्यान्न नष्ट भएको छ, चौपाया तर्फ ५ बाख्रा, पशुपन्छी तर्फ १हजार २सय बोईलर र १७लोकल कुखुरा मरेका छन । भने, २ स्थानीयका घर, ५ गोठ भत्किएका छन ।

वाढीले घर भित्र रहेको बहुमुल्य सुनचाँदी सहितको गरगरहना समेत नष्ट भएको छ । व्यक्तिको निजी सम्पती झण्डै २२लाख बराबरको क्षति भएको छ । मुल राजमार्ग पुर्वपश्चिम महेन्द्र सहित जिल्ला सदरमुकाम, पालिका जोड्ने राजमार्ग सहित ठाँउठाँउमा क्षतिग्रस्थ भएका छन ।

यो वडामा गृह मन्त्री रमेश लेखकको हो । ‘हामीले बाढी पीडितको उद्धार, वडाबाट सक्दो राहत दिएका छौँ, ‘वडा अध्यक्ष जोशीले भने, ‘यस बर्ष वाढीबाट भएको क्षतिको पुर्ननिर्माणदेखि परिपुरण गर्न पालिका मात्रैको क्षमताले होला जस्तो छैन, यसका लागि प्रदेश र संघीय सरकारको सहयोग अपरिहार्य छ ।

Himal dental
सम्बन्धित
Loading...