

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ स्थित जन उत्थान आधारभूत विद्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको छ । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि वृक्षारोपणमा सहभागी भएका छन् ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रमको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कार्कीले गरे ।



कार्यक्रममा पशपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. पान सिह ठगुन्ना, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख हेमराज अवस्थी, कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सिह साउँद, निवर्तमान वडा अध्यक्ष जयनारायण जोशी लगायतका सहभागी भएको विद्यालयका प्रधानाध्यापक गणेश कुँबरले जानकारी दिए ।

